+
+

भूकम्पले रोकिएनन् विदेशी लगानीकर्ता, लगानी प्रस्ताव ३ गुना बढ्यो

११ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ३ गुणा भन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब ४० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । अघिल्लो वर्ष २० अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते ९:०४

रविन्द्र घिमिरे

११ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ३ गुणा भन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब ४० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । अघिल्लो वर्ष २० अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

FDI

एक वर्षमा ४७ अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी प्रतिवद्धता आएको छ । विनाशकारी भूकम्प गएपनि विदेशी लगानीकर्ता सकरात्मक नै रहेको उद्योग विभागमा आएको लगानी प्रतिवद्धताले देखाउँछ ।

उर्जा क्षेत्रमा धेरै लगानी

गत वर्ष सबैभन्दा बढी लगानी प्रतिवद्धता उर्जा क्षेत्रका लागि आएको छ । अघिल्लो वर्ष ११ अर्ब रुपैयाँको प्रतिवद्धता आएकोमा गत वर्ष बढेर ५४ र्अ रुपैयाँ पुगेको छ ।

यसैगरी सेवा क्षेत्रमा ५ अर्ब ६२ करोड, पर्यटन क्षेत्रमा ४ अर्ब ३३ करोड र उत्पादनमूलक क्षेत्रमा २ अर्ब १५ करोड लगानी प्रतिवद्धता आएको छ । त्यस्तै, कृषि तथा वन क्षेत्रमा ७३ करोड, खानी क्षेत्रमा १९ करोड र निर्माणमा १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

ठूला परियोजनामा मात्रै ५८ अर्ब बढी

एक वर्षमा ३ सय ६९ परियोजनाका लागि वैदेशिक लगानी स्विकृत भएको विभागले जनाएको छ । जसमा ३ सय १६ साना, ३९ मध्यम र १४ वटा ठूला परियोजना छन ।

ठूला परियोजनाका लागि मात्रै ५८ अर्ब ४२ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागको भनाई छ । मध्यम परियोजनामा ४ अर्व १४ करोड र सानाका लागि ४ अर्व ८९ करोड रुपैयाँ लगानी स्विकृत भएको छ ।

भारत र चीनबीच होडबाजी

अघिल्लो आर्थिक वर्ष जस्तै गतवर्ष पनि नेपालमा लगानी गर्न भारत र चीनका लगानीबर्ताबीच होडबाजी छ । तुलनात्मक रुपमा सबैभन्दा धेरै लगानी भारतबाट भित्रिएको छ । भारतबाट गतवर्ष ३४ अर्व ७१ करोड रुपैयाँ बराबरको लागानी प्रतिवद्धता आएको छ ।

भारतपछि नेपालमा धेरै लगानी प्रतिवद्धता जनाउनेमा चीनको प्रशासित क्षेत्र हङकङ रहेको छ । हङकङबाट २० अर्व २८ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आउँदा चीनबाट ४ अर्व ३७ करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।

यसैगरी बि्रटिस भर्जीन आइल्याण्डबाट २ अर्ब ९३ करोड, संयुक्त अधिराज्यबाट १ अर्ब २४ करोड, टर्कीबाट १ अर्व ७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यसैगरी अमेरिका, दक्षिण कोरिया, फिनल्याण्ड, जापान लगायतका मुलकबाट नेपालमा धेरै लगानीकर्ता आएका छन ।

साढे १३ हजारलाई रोजगारीको अवसर

गतवर्ष विदेशी लगानीकर्ताले साढे १३ हजारलाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा ४ हजार ३ सय जाने रोजगारी पाउने छन ।

यसैगरी पर्याटन क्षेत्रले ४ हजार २ सय जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ भने उत्पादनमूलक क्षेत्रमा २ हजार १ जनाले जागरको मौका पाउनेछन् । यसैगरी कृषि र उर्जा क्षेत्रले झण्डै एक हजार तथा खानी क्षेत्रको नयाँ लगानीले ५ सय भन्दा बढीलाई रोजगारीप्को अवसर दिनेछ ।

लगानीको वातावरण बन्दै

गत बैशाखमा गएको भूकम्पका कारण विदेशी लगानी आउने क्रममा केही कमी आएपनि समग्रमा अघिल्लो आर्थिक वर्ष भन्दा बितेको आर्थिक वर्षमा उत्साहजनक रुपमा लगानी भित्रिएको उद्योग विभागका महानिर्देशक न्यौपानेले बताए ।

पछिल्लो समयमा नेपालमा संविधान चाँडै बन्ने अपेक्षामा लगानीकर्ता तानिएको न्यौपानेको भनाई छ । वैदेशिक लगानीका लागि वातावरण सरकारले नीति था प्रक्रियागत जटिलता पनि कम गरेकाले विदेशी लगानीकर्ताको नेपालमा आकर्षण बढेको विभागको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?