१२ असोज, काठमाडौं । नेपाल आयल निगमसँग अब १० दिन पुग्ने पेट्रोेल र १५ दिनलाई पुग्ने पुग्ने डिजेल मौज्दात रहेको पुष्टि भएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतबाट अनलाइनखबरलाई प्राप्त पेट्रोलियम पदार्थको अहिलेको मौज्दात सम्बन्धी ताजा तथ्याङ्कले यसलाई पुष्टि गरेको हो ।
निगमसँग अहिले एक हजार किलोलिटर पेट्रोल र ३ हजार किलोलिटर डिजेल मौज्दात छ ।
कोटा प्रणाली लगाएर निगमले सोमबारदेखि दैनिक १ सय किलोलिटर डिजेल र २ सय किलोलिटर डिजेल बाँडिरहेको छ ।
यसैअनुसार वितरण गर्दा अब पेट्रोलले १० दिनसम्म बजारको माग धान्नेछ भने डिजेल कम्तिमा १५ दिनलाई मात्र पुग्ने देखिएको छ ।
जोरबिजोर प्रणाली नलाग्दासम्म बजारमा दैनिक ३ सय किलोलिटर पेट्रोल र ४ सय ५० किलोलिटर डिजेल माग थियो । समान्य अवस्थमा अहिलेको मौज्दातले साढे तीन दिनमात्रै खपत धान्ने गरेको थियो ।
जोर-बिजोर र कोटा प्रणालीले निगमलाई तेलको जोहो गर्न सजिलो भएको छ । निगमका एक अधिकरीले अनलाइनखबरलाई प्राप्त तथ्याङ्क सही भएको पुष्टि गरेकका छन् । उनले भने, ‘समान्यमा निगमको भण्डारण क्षमतालाई विश्लेषण गर्नेले पनि अब कति दिनलाई तेल पुग्छ भनेर भन्न सक्छ ।’ उनले अबको १० दिनसम्म पनि भारतबाट तेल नआए तेल मौज्दात सकिने जानकारी दिए ।
प्रतिक्रिया 4