१२ असोज, काठमाडौं । जगदम्बा सिमेन्टले नुवाकोटका २५ जना विद्यार्थीलाई सद्भाव छात्रवृत्ति प्रदान गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सोमबार एक कार्यक्रमबीच नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी नायब उपरिक्षक सिद्धीबिक्रम शाह, जगदम्बा सिमेन्टका अधिकृत विक्रेता जगदम्बा सिमेन्टका प्रतिनिधि लगायतले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
कार्यक्रममा जगदम्बा सिमेन्टका बिक्री प्रबन्धक दिनेश सुवेदीले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै शिक्षाको क्षेत्रमा योगदान गरेको बताए । अहिलेसम्म २ सय ४० भन्दा बढी छात्रवृति प्रदान गरिसकेको सुवेदीले जानकारी दिए ।
विभिन्न जिल्लाका दुई सय विद्यार्थीलाई सदभाव छात्रवृत्ति प्रदान गर्ने कम्पनीको लक्ष्य छ । जगदम्बा सिमेन्टले हिमालय क्लाइमेट इनिसेटिभको सहकार्यमा छात्रवृत्ति बाँडेको हो ।
प्रतिक्रिया 4