+
+

दार्चुलालाई केन्द्र बनाएर ४.६ रिक्टरको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १५:२८

१२ असोज,काठमाडौं । दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

earth quakeराष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प मंगलबार दिउँसो ३.१२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।

“गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्”–प्रमुख अधिकारीले भने ।

यस्तै सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ४ दशमलव ६ रिक्टरको पराकम्प ४:३९ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलमाथि हालसम्म ३९७ वटा परकम्प गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?