१४ असोज, काठमाडौं । सुनको मूल्य बिहीबार एकैपटक तोलामा ५ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर भएर दुई दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबार पनि ओरोलो लागेको हो ।
बिहीबार छापावाल सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य ४९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलामा ४ सय रुपैयाँ र बुधबार ६ सय रुपैयाँले सस्तिएको थियो । चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4