आरडी मिडिया हाउसको प्रस्तुतीमा तयार भएको चलचित्र ‘च्याम्पिएन’को ‘मन पराउछु तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय नभएपनि कृष्ण पोख्रेलको निर्माणमा तयार भएको चलचित्रको गीत सार्वजनिक गरिएको हो । यसैले पनि चलचित्रलाई यो बर्षभित्रै प्रदर्शनमा ल्याइने तयारी निर्माणपक्षले गरेको छ भन्ने वुझ्न गाह्रो पर्दैन ।
चलचित्रमा दिकपाल कार्की, मञ्जिता केसी, जे एन घिमिरे, साहिल खान लगायतका कलाकारको अभिनय छ । सार्वजनिक गीतमा टंक बुढाथोकी र मनिषा पोख्रेलको आवाज छ । टंककै संगीत रहेको गीतलाई निर्माता पोख्रेलले लेखेका हुन् । वीवी फूयाँलले निर्देशन गरेको यो चलचित्रमा क्रिकेटको कथालाई उठान गरिएको छ । चलचित्रमा १९ बर्ष मुनिका राष्ट्रिय टिमका क्रिकेट खेलाडीले पनि अभिनय गरेका छन् ।
नेपालमा क्रिकेटको क्रेज बढ्दै गएकाले पनि यस्तो बिषयमा चलचित्र बनाएको निर्देशक फूयाँलको भनाई छ ।
प्रतिक्रिया 4