+
+

जाडोमा हुने ४ प्रमुख स्वास्थ्य समस्या र जोगिने उपाय

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते ८:३०

Coldजाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्छ । जाडो मौसममा हुने मुख्य ४ स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यस्ता छन्ः

दम

जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुन्छ । चिसो हावा, धुलो धुवाँ आदिका कारण स्वासप्रस्वासमा समस्या पैदा हुन्छ । छिटै चिसो लाग्ने र अन्य संक्रमणले समेत सताउने जोखिम हुन्छ । त्यसैले यस्ता रोगीहरुले विशेष ख्याल गर्नुपर्ने हुन्छ । घरबाट बाहिर निस्किँदा न्यानो कपडा लगाएर तथा टाउको र कान समेत छोपेर हिड्नुपर्छ । घरबाट बाहिर अनावश्यक रुपमा धेरै समय खुल्ला ठाउँमा बस्नु हुँदैन । साथै घरमा कोठाभित्र बस्दा भेन्टिलेसन राम्रो भएको कोठामा बस्ने र धुवाँ भएको ठाउँमा नबस्ने ।

जोर्नी दुख्ने

जोर्नी दुख्ने समस्याले उठबस तथा हिँडडुल गर्नमै कठिनाई उत्पन्न हुन्छ । पाको उमेरका मानिसलाई यो समस्याले बढि सताउने भएपनि कहिलेकाहीँ बच्चाबच्ची तथा युवाहरुमा पनि समस्या उत्पन्न हुनसक्छ । बाथका रोगीलाई चिसो मौसममा निकै गाह्रो हुन्छ । त्यसैले चिसो मौसममा जिउलाई न्यानो पारी राख्ने, रातको समयमा सुत्दा समेत बाक्लो कपडा ओढ्ने, जिउलाई सक्रिय राखिराख्ने, पर्याप्त तातो झोलिलो खानेकुरा खाने तथा भिटामिन सी तथा डी युक्त खानेकुरा पर्याप्त खाने गर्नुपर्छ ।

पिनास, रुघाखोकी

नाकभित्रको साइनस तन्तुमा भाइरसको आक्रमणका कारण सुन्निँदा पिनासको समस्या उत्पन्न हुन्छ । यसले गर्दा नाकबाट स्वास फेर्न गाह्रो हुन्छ, टाउको दुख्दछ । समयमै उपचार भएन भने संक्रमणको समस्या नाकसँगै मस्तिष्क, आँखा तथा घाँटीसम्मै पुग्दछ । त्यसैले पिनासको समस्या देखिनासाथ डाक्टरलाई जँचाइहाल्नुपर्छ । नाक तातो राख्ने, चिसो खानेकुरा नखाने, मास्क लगाएर हिड्ने गर्दा फाइदा हुन्छ ।

एलर्जी

जाडोको समयमा एलर्जीको समस्या निके धेरै हुन्छ । एलर्जीका कारण रुघा, खोकी, घाँटी दुख्ने, सुन्निने जस्ता समस्या पैदा हुन्छन् । यसको मुख्य कारण रोगप्रतिरोधी प्रणाली नै हो भने कतिपय अवस्थामा भने यो सधैभरि देखा पर्दछ । यस्तो एलर्जीको समस्या हुनेले पनि तत्कालै डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ र आफुलाई एलर्जी गराउने चिजबाट टाढै रहनुपर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?