+
+

कांग्रेस र एमालेका नेतापछि प्रचण्डले उपेन्द्र र महन्थलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १२:५०

Prachanda  (10)१० पुस, काठमाडौं । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा एमाओवादी अध्यक्ष प्रचण्डले राजनीतिक परामर्श तीव्र पारेका छन् । उनले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।

विहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरे । उनले शुक्रबारै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् ।

मधेसी मोर्चाका मागमा कसरी सहमति जुटाउने भनेर नेताहरुसँग छलफल गरेको र छलफल सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?