११ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार विक्रम बुढा काठमाडौंमा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको अनुमान गरिएको छ ।
बालाजुको नेपालटारस्थित विष्णुमति खोलाको किनारमा हत्या गरिएको अवस्थामा बुढाको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
बुढाको शव शनिबार बिहान नेपालटारस्थित नेपाली सेनाको एक नम्बर बाहिनी नजिकै विष्णुमति खोलाको किनारमा फेला पारिएको थियो ।
नदी किनारमा वेवारिसे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुढाको शव रहेको वरपर रगत लत्पत्एिको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4