११ पुस, काठमाडौं । पेप्सी बहुराष्ट्रिय कम्पनीका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत रोहित कोलीको गाडीमा विप्लव माओवादीले आक्रमण गरेको छ ।
गल्फुटारस्थित कोलीको निवासमै पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगो लगाई माओवादी कार्यकर्ता भागेका थिए ।
आगजनीबाट बा ८ च ८३६६ नम्बरको गाडीमा सामान्य क्षति भएको छ ।
भारतीय हस्तक्षेप र नाकाबन्दी विरुद्ध भारतीय एजेण्टमाथि कारवाही गरिएको विप्लव माओवादीका एक कार्यकर्ताले अनलाइखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4