११ पुस, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तईप एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका एक व्यक्तिलाई बचाएका छन् ।
टीभी फुटेजहरुमा देखाइए अनुसार एरडोगनको मोटर इस्तानबुलको बोस्फोरस पुलमा रोकिन्छ । भेजी काकरस नाम गरेका व्यक्ति पुलबाट हामफाल्न लागेको थिए ।
राष्ट्रपति एरडोगनका सहयोगीहरुले ती मानिसलाई राष्ट्रपतिले कुरा गर्न चाहेको सन्देश दिए । र, तत्कालै उनीहरुलाई तानेर राष्ट्रपतिको गाडिमा ल्याए ।
एरडोगन गाडिमै बसे र फोनमा कुराकानी गरिरहे । उनले काकरससँग पनि कुराकानी गरे । टर्कीका एक अधिकारीले एपीलाई बताए अनुसार काकरस घरेलु समस्याका कारण डिप्रेसनबाट पीडित थिए ।
समाचारहरुमा जनाइए अनुसार राष्ट्रपति एरडोगनले काकरसलाई सहयोग गर्न अधिकारीहरुलाई फोनबाटै निर्देशन दिएका छन् । उनले सहयोगको बचन समेत दिएको एक अधिकारीले समाचार एजेन्सी एपीलाई बताए ।
हरेक वर्ष केही मानिसले बोस्फोरस पुलबाट हाम फालेर आत्महत्या गर्ने गरेकोे पाइएको छ ।
प्रतिक्रिया 4