+
+

प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई ‘सरप्राइज’ दिन सक्नुहुन्छः राधेश पन्त

४ चैत, काठमाडौं । यही चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पश्चिम सेती जलविद्युत आयोजनाको टुंगो लाग्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताएका छन् । त्यसका लागि बोर्डले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।

‘पश्चिम सेती निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्रि गर्जेजले पाइसकेको छ । थ्री गर्जेजलाई चिनियाँ लगानी भित्र्याउन बोर्डले स्वीकृति पनि दिइसकेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा यसलाई मूर्तरुप दिइने छ,’ सीइओ पन्तले अनलाइनखबरसँग भने । ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना निर्माणका लागि १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ४ गते १५:४५

४ चैत, काठमाडौं । यही चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पश्चिम सेती जलविद्युत आयोजनाको टुंगो लाग्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताएका छन् । त्यसका लागि बोर्डले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।

‘पश्चिम सेती निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्रि गर्जेजले पाइसकेको छ । थ्री गर्जेजलाई चिनियाँ लगानी भित्र्याउन बोर्डले स्वीकृति पनि दिइसकेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा यसलाई मूर्तरुप दिइने छ,’ सीइओ पन्तले अनलाइनखबरसँग भने ।  ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना निर्माणका लागि १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

त्यसबाहेक निजी क्षेत्रका दुईवटा सिमेन्ट उत्पादक कम्पनी होङ्सी र हुवाजिनका पनि बाँकी रहेका विषय प्रधानमन्त्रीको भ्रमणकै क्रममा टुङ्ग्याइने पन्तले बताए । होङसीले नेपालमा ३६ अर्ब रुपैयाँ र हुवाजिनले ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताब बोर्डले स्वीकृत गरिसकेको उनको भनाई छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका सन्दर्भमा अनलाइनखबरका लागि पुष्प दुलालले पन्तसँग गरेको कुराकानी ।

Radesh Panta

प्रधानमन्त्रीको चीन भ्रमणका लागि लगानी बोर्डले कस्तो तयारी गरिरहेको छ ?

हामीले हाम्रो तर्फबाट आवश्यक तयारी गरिरहेका छौं । ७५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेतीका लागि संयुक्त लगानीमा हस्ताक्षर गर्ने योजना छ ।

प्रधानमन्त्रीको भ्रमणमा लगानी बोर्डले अन्य कुन-कुन आयोजनामा चीनलाई लगानी गर्न प्रस्ताव गर्दैछ ?

खासगरी हामीले तीनवटा आयोजनालाई मुख्य जोड दिएका छौं । पहिलो पश्चिम सेती नै हो । त्यसबाहेक दुईवटा निजी क्षेत्रका सिमेन्ट उत्पादक कम्पनी होङसी र हुवाजिनलाई पनि टुंगोमा पुर्‍याउने तयारी गरिरहेका छौं ।

चीनमा हामीले परियोजनागत भन्दा पनि क्षेत्रगतरुपमा प्रस्तुति दिन्छौं । परियोजनाहरु प्रस्तुत गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएका आयोजनाहरु छैनन् ।  हामीले डीपीआर तयार गरेका भए चिनियाँ लगानीकर्तालाई मात्र होइन, अन्य देशका लगानीकर्ताहरुलाई लगानीका लागि बोलपत्र नै निस्कासन गर्न सक्थ्यौं । जस्तो डीपीआर तयार भएका माथिल्लो कर्णाली र अरुणमा गरिएको थियो ।

चिनियाँ निजी क्षेत्रसँग के-कस्ता विषयमा छलफल हुन्छन् त ?

प्रधानमन्त्रीले चिनियाँ लगानीकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा चीनका ठूला लगानीकर्ताहरु उपस्थित हुनेछन् । प्रधानमन्त्रीले नयाँ संविधान बनिसकेकाले अब मुलुकको ध्यान आर्थिक विकासमा जाने र त्यसका लागि लगानीकर्ताहरुलाई सरकारले सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता गर्नुहुनेछ । प्रधानमन्त्रीले चिनियाँ लगानी आकर्षण गर्न केही सरप्राइज पनि दिन सक्नुहुनेछ ।

त्यसबाहेक लगानी बोर्डका तर्फबाट मेरो प्रस्तुति छ । मेरो प्रस्तुति नेपालको उर्जा, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सूचनाप्रविधि लगायतका क्षेत्रमा नेपालमा भएको संभावनाको बारेमा जानकारी गराउने र लगानी आकर्षण गर्ने हो ।

Radesh Panta (2)

चीनबाट नेपालले व्यवसायिक फाइदा लिन सक्ने विषयहरु के-के हुन् ?

चीन अत्यन्तै ठूलो बजार हो । अब चीनको विकास तिब्बततिर केन्द्रित हुने देखिन्छ । त्यसको भरपुर फाइदा नेपालले दिनुपर्छ । छिमेकीसँग विकासको दूरी धेरै रहृयो भने विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । त्यसैले विश्वमै बलिया र विकसित राष्ट्रहरु (चीन र भारत) बीचमा रहेको नेपालले अब विकास गर्नै पर्छ ।

हामीले लामो समय गफ गरेर वितायौं । आज त्यसको मूल्य चुकाउँदै छौं । अझै पनि विकासतिर नलाग्ने हो भने हामीलाई हाम्रो अस्तित्व जोगाउन नै कठिन पर्छ । म एकदमै आशावादी मान्छे हुँ, त्यसैले नेपाल चाँडै नै विकास हुन्छ भन्ने कुरामा विश्वस्त छु । त्यही विकासका लागि हामीले ठूलो बैदेशिक लगानी भित्र्याउन आवश्यक छ । प्रधानमन्त्रीको भ्रमण चिनियाँ लगानीकर्ताहरुलाई विश्वासमा लिएर नेपालमा ठूलो चिनियाँ लगानी भित्र्याउन सफल हुन्छ भन्नेमा मलाई विश्वास छ ।

प्रधानमन्त्रीको चीन भ्रमणकै क्रममा द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) मा हस्ताक्षर गर्ने तयारी भइरहेको भन्ने सुनिन्छ । बिप्पा गरिसकेपछि हामीलाई केकस्ता फाइदा हुन्छन् ?

Radesh Panta (3)

बिप्पा सम्झौताले सकारात्मक सन्देश दिने र लगानीकर्ताहरुलाई विश्वास दिलाउने काम गर्छ । तर, बिप्पा सम्झौतामात्रै लगानी आकर्षण गर्न पर्याप्त भने हुँदैन । सरकारले लगानीको सुरक्षा गर्ने प्रतिवद्धतासँग त्यसको कार्यान्वयनमा पनि संवेदनशील रहेको देखाउन सकेमात्रै हामीकहाँ ठूलो लगानी भित्रिन्छ । सम्झौता गर्नुभन्दा पनि सम्झौताको कार्यान्वयन मूल पक्ष हो ।

प्रधानमन्त्रीको भ्रमणपछि नेपालमा के कति चिनियाँ लगानी भित्रिन्छ भन्ने तपाईको अपेक्षा छ ?

हामीले ठूलो आकारका परियोजना र ठूलो लगानीका लागि डिल गर्ने हो । यो भित्रिन समय पनि लाग्छ । त्यसैले अहिले नै यति लगानी भित्रिएला भनेर अंक नै भन्न सकिँदैन ।

लगानीका दृष्टिकोणबाट प्रधानमन्त्रीको भारत भ्रमण कतिको उपलब्धिमुलक रहृयो ?

मेरो बिचारमा प्रधानमन्त्रीको भारत भ्रमण निकै उपलब्धिमूलक रहृयो । पछिल्लो समय दुई देशबीचको सम्बन्ध विग्रिएको थियो । प्रधानमन्त्रीको भ्रमणले विग्रिएको सम्बन्ध सुधार गर्न सफल भएको छ ।

प्रधानमन्त्रीले लगानीकर्ताहरुलाई गरेको सम्बोधनमा त्यहाँका ठूला लगानीकर्ताहरु उपस्थित थिए । त्यहाँ हामीले नेपालमा लगानीका लागि भएको संभावना देखायौं र लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि जनायौं । यसको प्रभाव आजको भोलि नै नदेखिए पनि विस्तारै देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?