८ वैशाख, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक १० अंकले बढेर १४४० अंकमा पुगेको छ । नेप्सेको यो अंक हालसम्मकै उच्च हो ।
०७२ सालभरी एकपछि अर्को गर्दै नया-नया रेकर्ड कायम गरेको नेप्से ०७३ सालको पहिलो दनिदिनै नया रेकर्ड राखेको हो ।
बुधबारको कारोबारमा जलविद्युत र बीमा बाहेक सबै समुहगत उपसूचक बढेका छन् । यो दिन १ सय ४० कम्पनीका १३ लाख कित्ता सेयर १ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो दिन वाणिज्य बैंक समूहको सबैभन्दा धेरै अर्थात सूचक १६ अंकले बढेको छ । त्यसैगरी होटलको २, विकास बैंकको ३ र अन्य समूहको सूचक ७ अंकले बढेको छ ।
यो दिन बीमा समूहको साढे २३ र जलविद्युत समूहको सूचक साढे ३ अंकले घटेको एक्सचेञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4