+
+

बानेश्वरबाट पेस्तोलसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १५:४५

pestol१० वैशाख, काठमाडौं । काठमाडौंको वानेश्वर शान्तिनगरबाट नाइन एमएमको एक थान पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत सोह्रखुट्टेको टोलीले बिशेष सूचनाको आधारमा पेस्तोलसहित काभे्रका २१ वर्षीय कारसाङ लामालाई पक्राउ गरेको हो । सोह्रखुट्टे बृतका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली समेत बरामद भएको छ ।

पेस्तोल विक्रि गर्न लागेको सुचनाको आधारमा पुगेको टोलीले लामालाई पक्राउ गरेको डिएसपी राठौरले बताए । राठौरले भने- ‘उनले पेस्तोल कुनै गुण्डाको समुहलाई विक्री गर्न ल्याएको देखिन्छ कहाँबाट ल्याएको र कुन समूहलाई विक्रि गर्न खाजेको अनुसन्धान गर्दैछौं ।

लामाले आफुलाई पनि अरु कसैले विक्रीको लागि दिएको बयान दिएका छन, प्रहरीले विक्रि गर्न दएकिो भनिएका व्यक्तिको पनि खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?