२२ वैशाख, काठमाडौं । सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ ।
पेन्सन सुविधान कार्यान्वयनमा आएपछि कृषितर्फ युवापुस्तासहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउने सरकारको योजना छ । आजको अन्नपूर्णमा समाचार छ ।
कृषि विकास मन्त्रालयले मंगलबार पेन्सन वितरण सम्वन्धी प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ ।
मन्त्रालयले किसान पेन्सनका लािग आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न डा. हरि रोक्कालाई जिम्मेवारी दिएको थियो ।
रोक्काले तयार पारेको प्रस्तावअनुसार किसानले वार्षिक पाँच हजार रुपैयाँ पि्रमियम बापत जम्मा गरे ५५ वर्षपछि मासिक चार हजार रुपैयाँ पेन्सन वापत प्राप्त हुने प्रारम्भिक योजना तयार पारेको छ ।
डा. रोक्काले किसानले चार ववर्गमा बाँडेर पेन्सनको सुविधा उपलव्ध गराउने योजना तयार पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4