२६ वैशाख, इलाम । वर्षासँगै परेको चट्याङ लागेर साँखेजुङकी एक महिलाको मृत्यु भएको छ ।

हिजो अपराह्न परेको चट्याङ लागेर साँखेजुङ–५ की ५१ वर्षीया लीलादेवी राईको मृत्यु भएको हो ।
घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते भएकी राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।
यस्तै चट्याङ लागेर इलाम नपा–७ महभिरका ३१ वर्षीय मिलन विश्वकर्मा घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4