काठमाडौँ, २८ वैशाख । अख्तियार दुरपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलले रु एक लाख घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सर्वेक्षक यादवले नेपालगन्ज नगरपालिका–७ रामनगरस्थित जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस लिँदालिँदै थलोमा नै पक्राउ परेका थिए ।
आयोगले रु एक लाख बिगो कायम गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4