+
+

ओबामालाई ह्वाइटहाउस अगाडि झुण्ड्याउनुपर्छ भन्ने यी को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १३:२३
donald_trumps_ex-butler_calls_for_obama_to_be_killed_facebook
डोनाल्ड ट्रम्पसँगै एन्थोनी सेनेकाल (दायाँ)

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाको हत्या गर्नुपर्ने अभिव्यक्ति दिने एक व्यक्तिमाथि अमेरिकी सरकारले अनुसन्धान थालेको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पका कामदार यस्तो अभिव्यक्ति दिएका थिए । एन्थोनी सेनेकालले आफ्नो फेसबुकमा लेखेका थिए, ‘हाम्रा सेनाले ओबामाको पहिलो कार्यकालमै दुश्मनको एजेन्ट मानेर गोली हान्नुपर्दथ्यो ।’

८४ वर्षीय सेनेकालले बिहीबार सीएनएनसँगको कुराकानीमा पनि ओबामालाई ह्वाइट हाउस अगाडि झुण्ड्याइदिनुपर्ने बताएका छन् ।

सेनेकालले ट्रम्पको घरमा करिब ३० वर्षसम्म काम गरेका थिए । उनको यो अभिव्यक्तिको अमेरिकी गुप्तचर सेवाले जाँच सुरु गरेको बीबीसीले जनाएको छ ।

उनको अभिव्यक्तिले अमेरिकामा हंगामा मच्चिएको छ र ट्रम्प समूहले सेनेकालको अभिव्यक्तिको विरोध गर्दै आफ्नो समूहबाट अलग गरिदिएको छ ।

ट्रम्पका चुनावी अभियानका प्रवक्ता होप हिक्सले भनेका छन्, ‘उनी ट्रम्पकोमा काम गर्दैनन् । उनी सन् २००९ देखि ट्रम्पको कर्मचारी छैनन् । उनले सेनेकालको अभिव्यक्तिको निन्दा गर्दछौं ।’

सबैभन्दा पहिले सेनेकालको फेसबुक स्टाटसबाटरे मदर्स जोन्स नामक पत्रिकाले लेखेको थियो । त्यसलाई सबैले झट्ट विश्वास गरेनन् तर, अरु अन्य सन्चार माध्यमहरुले उनको अभिव्यक्तिको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?