+
+

सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैनः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १७ गते ६:५८

KP-Sharma-Oli१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् ।

 संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

द्विविधा नराख्नुस्,कुनै सम्झौता भा’छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।

सरकार बजेटपछि त फेरिन्छ, तर कुनचाहिँ बजेटपछि ? ०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्विविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?