+
+

‘गाजलु’ प्रचारमा अनमोलको कञ्जुस्याँई, फिल्मलाई यस्ता चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १४:४६

anmol ans shristhi
वैशाख महिनाबाट चलचित्रको रिलिज हेर्ने हो भने जेठ २१ गते प्रदर्शनमा आएको ‘कालो पोथी’ले केही आशातित व्यापार गर्‍यो । करिब डेढ महिनाको अवधीमा रिलिज भएका अरु सबै चलचित्रले निर्माताको लगानी सुरक्षित गर्न सकेनन् ।

यसैले पनि रोहित अधिकारी निर्मित चलचित्र ‘गाजलु’ सबैको नजरमा छ । जेठ २८ अर्थात शुक्रबारदेखि रिलिज हुने यो चलचित्रको व्यापारले चलचित्र क्षेत्रको सुस्त गतीलाई बढाउँछ कि भन्ने आश गरिएको छ ।

हेमराज वीसीको लभस्टोरी कथा भन्ने शैली, अनमोल केसीको क्रेजका साथै श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान दर्शक तान्ने मुख्य हतियार हुन् ।
तर, आफ्नै प्रोडक्शनमा बनेको चलचित्र ‘ड्रिम्स’का लागि दौडधुप गरेका नायक अनमोल केसीले यो चलचित्रको प्रचारमा भने कञ्जुस्याँई गरिदिएका छन् ।

चलचित्रको लण्डन पि्रमियरमा समेत निर्माताको प्रस्तावलाई अस्विकार गरेर नेपाल फर्किएका अनमोलले यहाँ पनि चलचित्रलाई खासै वास्ता गरेका छैनन् । यसबाट पनि अनमोलले बाहिरी ब्यानरका चलचित्रमा महंगो पारिश्रमिक लिएपनि वास्ता गर्दैनन् भन्ने देखाएको छ ।

चलचित्र खेल्नका लागि २०-२५ लाखको डिमाण्ड गर्न थालेका अनमोलले त्यसको प्रचारमा भने साथ दिनुपर्छ भन्ने विर्सन थालेको भन्दै आलोचना पनि सुरु भएको छ ।
यो चलचित्रलाई लिएर जति आशा गरिएको छ त्यती नै चुनौती पनि छ । श्रृष्टी श्रेष्ठको डेब्यू चलचित्र भएकाले पनि उनका लागि यो चलचित्र चल्न जरुरी छ । अनमोल केसीको लगातार ३ वटा चलचित्र चलेका छन्, यसैले उनका लागि पनि चौथो चलचित्र चलेको खण्डमा स्टारडम अझ उचाइमा पुग्ने निश्चित छ । सलोन र गौरवलाई पनि सफल चलचित्र आवश्यक छ ।

कुमारीको कथामा बनेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह त छ । तर, हेरौ यो उत्साह हलसम्म कती देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?