१ असार, मुगु । गएराति पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ ।
घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन ।
अकस्मात राति सुतीरहेका बेला १२/१५ जना हतियारधारी समूह आई अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका सङ्कलकबीच कोकाहल चलेको बताइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4