८ असार, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज अस्ट्रेलिया भ्रमणमा जाँदै छन् । पार्टी कार्यक्रममा सहभागी हुन प्रचण्ड अस्ट्रेलिया जान लागेका हुन् ।
नेकपा माओबादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी अस्ट्रेलिया जान लागेका हुन् । जुन २३ तारिखका दिन मेलबर्न प्रचण्डले नेपालीहरुसँग भेटघाट गर्ने छन् । जुन २४ गते सिडनीमा उनी कार्यक्रममा सहभागी हुने छन् ।
नेपाली समाज अष्ट्रेलियाले सामूहिकरुपमा प्रचण्डसँग भेटघाट गरी समसामयिक विषयमा छलफल गर्ने निर्णय गरेको छ । प्रचण्डले मेलवर्न युनिभर्सिटीमा हुने एक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ रहेका नेपाली वैज्ञानिकसँग पनि उनले छलफल गर्ने छन् ।
प्रचण्डले अष्ट्रेलियाका स्थानीय कृषि फार्म , बिकास निमार्ण स्थलको भ्रमणसमेत गर्ने भएका छन् । प्रचण्ड जुन २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया 4