+
+

प्राधिकरण निर्देशक समितिको बैठक बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १० गते ९:३४

१० असार, काठमाडौं । भूकम्प पीडितको पुनस्थापनाका लागि गठन भएको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलको  अध्यक्षतामा गठित समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

Baluwatarभूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैया राहत तत्काल उपलब्ध गराउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अबरोध गरेपछि निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले समितिको बैठक बोलाएका हुन् ।

आज बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट जवाफ नआएसम्म संसद चल्न नदिने तयारीका नेपाली कांग्रेस रहेको कारण प्रधानमन्त्रीले प्राधिकरणको बैठक बोलाएका हुन् ।

गत वर्षको भूकम्पपछि तत्कालीन सरकारले प्रतिपरिवार २ लाख अस्थायी आवासको लागि उपलव्ध गराउने घोषणा गरेको थियो । तर भूकम्प गएको १४ महिना वितिसक्दा पनि सरकारले उक्त रकम पीडितलाई वितरण गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?