+
+

पन्ध्र करोडमा फैंदारघाट सिँचाइ आयोजना

रासस रासस
२०७३ असार १० गते ९:४९

१० असार, सुरुङ्गा (झापा)। दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ ।

नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन झापाका प्रमुख ईश्वरी तिवारीले जानकारी दिए।

sichaiअन्धुवा खोला पानीको मुहान रहेको फैंदारघाट सिँचाइ उपआयोजना राजगढ–८ को पनेरु गाउँ हुँदै पाँच किलोमिटर ‘मेन च्यानल’ र चार किलोमिटर ‘सहायक च्यानल’ मार्फत पानी वितरण गरिने उनको भनाइ छ ।

योजना सञ्चालनका लागि असारभित्रै टेन्डर प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख तिवारीको भनाइ छ ।

फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति अध्यक्ष राम दुलालले दिनुभएको जानकारीअनुसार आयोजना सञ्चालन भएपछि राजगढ–८, ६, ५, ४ र ३ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालनका लागि २०५५ सालमा तदर्थ समिति गठन गरिएको थियो ।

योजना स्वीकृत भएलगत्तै सिँचाइ विकास डिभिजन कार्यालयले फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति र स्थानीयवासीबीच राजगढमा तीनदिने प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?