+
+

भूकम्पपीडितलाई एकमुष्ट दुई लाख माग्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

रासस रासस
२०७३ असार १२ गते १९:०६

१२ असार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रूपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

Congress-Flagभूकम्प गएको १४ महिना बितिसक्दा पनि सरकारले काठमाडौंकै भूकम्पपीडितको लगत सङ्कलन नगरेको, हजारौँ जनताको घर भत्किएर पुनःनिर्माण गर्नुपर्ने समयमा नक्सा पास, घरजग्गा करलगायत वृद्धि गरिएको विरोधमा आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धर्नासहित ज्ञापनपत्र बुझाइएको सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।

‘काठमाडौंमा भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा ढिलाइ गरिएकाले तुरुन्त सुरु गर्न र वृद्धि गरिएको करको दर पुरानै कायम गर्न माग गरेका छौँ, माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुनेछौँ,’ उनले भने ।

ज्ञापनपत्र बुझाउन सांसद नवीन्द्रराज जोशी, दीपकप्रसाद कुइँकेल, राजन केसी, मोहन राई, राज्यलक्ष्मी श्रेष्ठलगायत काँग्रेसका नेता कार्यकर्ता प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।

कांग्रेस केन्द्रीय समितिको आह्वानमा आइतबार उपत्यकालगायत भूकम्पले अति प्रभावित १४ वटै जिल्लामा ज्ञापनपत्र बुझाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?