+
+

कात्तिक २५ मा नेफ्टा अवार्ड, यसपटक पनि विदेशमै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १६:३०

nefta award in oversese
नेपालको चर्चित र प्रतिष्ठित मानिएको ‘नेफ्टा अवार्ड’को नवौ संकरणको मिति घोषणा गरिएको छ । लगातार ३ बर्ष विदेशी भूमिका भएको अवार्ड समारोह नयाँ कार्यसमिती आएसँगै कहाँ कसरी हुन्छ भन्ने चासो सबैमा थियो ।

तर, संस्थाका अध्यक्ष पुष्कर लामाले यसपटक पनि अवार्ड विदेशी भूमिमा नै हुने जानकारी दिए । उनका अनुसार उत्कृष्ट ५ को मनोनयन सार्वजनिक कार्यक्रममा स्थान पनि घोषणा गरिनेछ ।

कात्तिक २५ अर्थात नोभेम्बर १० मा अवार्ड आयोजना हुने नेफ्टाले जानकारी दिएको छ । गतबर्ष प्रदर्शनमा आएका चलचित्रहरुलाई जुरीहरुले यसै सातादेखि हेर्ने पुष्करले बताए । उनका अनुसार साउन २१ गते भित्र अवार्डमा सहभागी हुन चाहने चलचित्रकर्मीले आफ्नो चलचित्र नेफ्टाको कार्यलयमा दर्ता गर्न सक्नेछन् ।

यसपटक भने अवार्डको नामको अगाडि अन्तरराष्ट्रि थपिएको छ । अध्यक्ष पुष्कर लामाले अनलाइनखबरसँग भने-‘यस अवार्डलाई हामीले नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा आयाम थप्ने अवसरको रुपमा लिएका छौ’ । यसपटक पनि अवार्डमा कलाकार, प्राविधिक, निर्माता, पत्रकार गरि सय जनाको टोली सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?