६ साउन, काठमाडौं । सत्तारुढ दलहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि बजेटसँग सम्वन्धित विधेयक पेश गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
सभामुखको आहृवानमा तीन दलको बैठक बस्नुअघि बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेको थियो । बैठकले अविश्वासको प्रस्तावअघि नै बजेटसँग सम्वन्धित विधेयक संसदमा पेश गर्नुपर्ने पुरानै अडान दोहोर्याएको हो ।
बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, यदि त्यसो भएन भने सहजता ल्याउँदैन र सहमतिका साथ जाने कुरामा अवरोध खडा गर्छ ।’
आर्थिक विधेयक पारित नगरी अविश्वासको प्रस्ताव अघि बढाए संसद अवरुद्ध गर्ने संकेत गर्दै उनले अघि भने, बाइपास गर्ने कुरा भयो भने विधि, पद्दतिको पक्षमा उभिनु हाम्रो दायित्व हो ।’
सत्तारुढ दलले पुरानै अडान दोहोर्याए पनि त्यसलगत्तै सभामुखको कार्यकक्षमा भएको छलफलमा तीन दलका शीर्षनेताहरु आ-आफ्नो पार्टीमा पुनः छलफल गर्न सहमत भएका छन् ।
तीन दलका नेताले आन्तरिक छलफल गरेपछि दिउँसो १ बजे फेरि सभामुख र शीर्ष नेताहरुवीच छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया 4