+
+

संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, डा. केसीको मागबारे छलफल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते १८:३०

gagan dhanraj shyan

६ साउन, काठमाडौं । आमरण अनसनमा बसेका डा. गोविन्द केसीको मागबारे संसदमा छलफल गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्ताव दर्ता गरेका छन् । थापाको समर्थकमा धनराज गुरुङ र श्याम श्रेष्ठ छन् ।

प्रस्तावमा डा. केसीको मागबारे छलफल गर्नु पर्ने चार कारण अघि सारिएको छ । ११ दिनदेखि अनसनरत डा. केसीको जीवन रक्षाका लागि संसदले पहल गर्नु अपरिहार्य भएको, डा. केसीले उठाएका मागहरु संसदसँग पनि जोडिएको, केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था संसदसँग सम्वन्धित भएको उनीहरुले बताएका छन् ।

साथै अख्तियारमाथि डा. केसीले गम्भीर आरोप लगाएकाले स्वतन्त्र छानविन गर्ने एक मात्र थलो संसद भएको जरुरी सावर्जनिक महत्वको प्रस्तावमा उल्लेख छ ।

Propose-about-Dr.-Govind-KC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?