+
+

सल्यानका २२७ विद्यालयको खाता रोक्का, शिक्षकले तलब पनि पाएनन्

दिपक शर्मा दिपक शर्मा
२०७३ साउन २० गते १३:१४

२० साउन, सल्यान । जिल्ला शिक्षा कार्यालय सल्यानले जिल्लाका २ सय २७ विद्यालयको खाता रोक्का गरेको छ । समयमै भौतिक पूर्वाधारका काम सम्पन्न नगरेकाले २२७ विद्यालयको १२ करोड ४२ लाख ९० हजार रुपैयाँ रोक्का भएको हो ।

Deo-Salyan
जिल्ला शिक्षा कार्यालय सल्यान

दुई आर्थिक वर्षसम्म पनि भौतिक पूर्वाधारको योजना सम्पन्न भएको प्रतिवेदन बुझाउन नसकेको भन्दै प्रभाकर उच्चमावि देवस्थलका शिक्षकको तलब समेत रोक्का गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा सम्झौता गरिएको विद्यालयहरुले असार मसान्तसम्म पनि काम सम्पन्न गरेको प्रतिवेदन नबुझाएकाले खाता रोेक्का गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानका लेखा अधिकृत तोरणप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने, ‘हामीले असार ३० गतेसम्म सम्झौताअनुसारको भौतिक निर्माण सम्पन्न गरी निकासा लैजान आग्रह गरेका थियौ तर धेरैले समयमै काम सम्पन्न गर्नसक्नु भएन र अख्तियारको निगरानीबाट मुक्ति पाउन खाता रोक्का गर्न पुगेका हौं ।’

योजना सम्पन्न भएको प्रतिवेदन कार्यालयमा बुझाएमा बैंकमा रोक्का खाता खोलिने उनले जानकारी दिए ।

कार्यालयले समयमै योजना सम्पन्न गर्न नसकेका विद्यालयको खातामा पैसा राखिदिए पनि बैंकबाट निकाल्न नमिल्ने गरी खाता रोक्का गर्ने गरेको छ ।

सल्यानमा गएको आर्थिक वर्षमा २५ करोड ८० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा बजेट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?