+

जोकोभिच रियो ओलम्पिकको पुरुष युगलमा पनि पराजित

२०७३ साउन  २५ गते १२:४५ २०७३ साउन २५ गते १२:४५
जोकोभिच रियो ओलम्पिकको पुरुष युगलमा पनि पराजित

Djokovic

विश्व नम्बर १ सर्वियन टेनिस स्टार नोभाक जोकोभिच ओलम्पिकमा अर्को पराजयको शिकार भएका छन् । सर्वियाको लागि पुरुश युगलमा ४० बर्षीय नेनाद जिमोन्जिक र उनको जोडी दोस्रो चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

रियो ओलम्पिकमा सर्वियाको यो जोडी ब्राजिलका मार्सेलो मेलो र ब्रुनो सोआरेससँग ६-४ र ६-४ को सोझो सेटमा पराजित भएका थिए ।

एक दिनअघिमात्रै शीर्ष बरियताका जोकोभिच पुरुष एकलमा अर्जेन्टिनाका जुहान मार्टिन डेल पोर्टोसँग पराजित हुँदै बाहिरिएका थिए ।

२९ बर्षीय जोकोभि चगत जुलाईमा ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डनको तेस्रो चरणमा अमेरिकी साम क्वेर्रेसँग पराजित हुँदै बाहिरिएका थिए ।

१२ पटकका ग्राण्डस्लाम बिजेता जोकोभिचले ओलम्पिक सुरु हुनुअघि टोरन्टो मास्टर्सको उपाधि जित्दै करिअरमा मास्टर उपाधि सङ्ख्या ३० पुर्‍याएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय