Comments Add Comment

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

Gold-Market

९ भदौ, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको पनि मूल्य घटेको छ । बुधबार तोलामा ८ सय ६० रुपैयाँमा कारबोर भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment