४ असोज, काठमाडौं । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ ।
गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ ।
मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।
यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4