२१ असोज, काठमाडौं । स्मार्टफोन अब कुनै स्टाटस आइकन रहेन । स्मार्टफोन आम मानिसले बोक्ने दैनिक जीवनको अति उपयोगी साधन बनिसकेको छ ।
यसो हुनुमा स्मार्टफोन प्रबिधि सस्तो हुँदै जानु पनि एक हो । तपाइँ स्मार्टफोन बोक्न चाहनुहुन्छ भने अहिले ४०/५० हजार रुपैयाँ खर्च गर्नुपर्दैन्, २० हजारभन्दा कम पैसामै पि्रमियम स्मार्टफोनकै हाराहारी सुविधा भएका स्मार्टफोन नेपाली बजारमा पाउनुहुन्छ ।
सामसुङ, हुवावे, जेडटीइ, ओप्पो, मिजु, जियोनी, कलर्स, इनटेक्स, सीजी, एलजी लगायतका ब्राण्डले यस्ता मध्यमस्तरीय मूल्यका भएका स्मार्टफोन उत्पादन र बिक्रि बितरण गरिरहेका छन् ।
यदि तपाइँ भर्खरै बिद्यालय सकेर कलेज पढ्न थाल्नुभएको हो भने तपाइँका लागि तुलनात्मकरुपमा कम मूल्यमा राम्रो प्रोसेसर र स्क्रिन भएका यस्ता स्मार्टफोन सवैभन्दा उपयुक्त हुनसक्छन् । आउनुहोस्, कुन ब्राण्डका कुन कुन मोडल १० देखि २० हजार रुपैयाँमा पाइन्छन्, एकछिन हेरौं ।
हुवावे
हुवावेका १० हजार रुपैयाँदेखि २० हजार भन्दा कम मूल्यमा ७ मोडलका मोबाइल सेट बजारमा उपलब्ध छ । जसमा दुई सिम लाग्ने किटक्याट भर्सनको १ जीबी र्याम रहेको ‘वाइ फाइभ डबल आइ’को मूल्य १२ हजार रुपैयाँ छ ।
त्यस्तै १७३० एमएएच पावर ब्याट्री रहेको ‘टी वन सेभेन’ को मूल्य १३ हजार ५ सय रुपैयाँ र ८ मेगा पिक्सल क्यामेरा भएको ‘वाइ सिक्स गोल्ड’को मूल्य १४ हजार ९ सय ९९ सय रुपैयाँ पर्छ ।
त्यस्तै जी प्लेयर मिनीको १६ हजार ९ सय ९९ सय रुपैयाँ, १६ जीबीको ‘टी वन सेभेन’को मूल्य १७ हजार ५ सय रुपैयाँ कम्पनी मूल्य छ ।
यसैगरी वाई सिक्स प्रोको १७ हजार ९ सय ९९ सय रुपैयाँ, वाई सिक्स सिडिएमएको १८ हजार ९ सय ९९ सय रुपैयाँ, जीआर थ्रीको १९ हजार ९ सय ९९ सय रुपैयाँ र वाई सिक्स डब्ल आइको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।
सामसुङ
नेपाली बजारमा सामासुङका १० हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्ममा किन्न पाइन्छ । यसका ४ मोडलका स्मार्टफोन लोकपि्रय छन् ।
जसमा ५ इन्च डिस्पेले भएको ८ मेगापिक्सल क्यामेरा रहेको सामसुङ ग्यालेक्सी जे टु स्मार्ट फोनको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ छ । १.५ र्यामको साथमा ८ जीबी इन्टरनल स्टोरेज भएको सामसुङ ग्यालेक्सी जे फाइभको मूल्य १७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी ग्यालेक्सी जेड हटको मूल्य १५ हजार ९ सय रुपैयाँ छ । यसैगरी ग्यालेक्सी टेबथ्री भीको मूल्य १४ हजार ९ सय रुपैयाँ मूल्य पर्छ ।
जेडटीइ
नेपाली बजारमा यो अहिले जेइटीइ स्मार्टफोनका ५ वटा मोडलको सेटहरु बिक्री भइरहेका छन् । १० हजार रुपैयाँ देखि २० हजार भन्दा कम मूल्यका ३ मोडलका सेट रहेका छन् ।
५ इन्च डिस्प्ले भएको ब्लेड डी टुको मूल्य १० हजार ९ सय ९० रुपैयाँ पर्छ । यसैगरी २४ सय एमएएच पावरको ब्याट्री रहेको ब्लेड डी थ्रीको कम्पनी मूल्य १२ हजार ५ सय रुपैयाँ छ ।
केही दिन अगाडिमात्रै बिक्री सुरु भएको ब्लेड भी सेभेन लाइटको मूल्य १८ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यो स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नल स्टोरेज क्षमता छ ।
एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ ।
जिओनी
नेपालमा जिओनीको १० हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मका मूल्यको ८ वटा मोडलका स्मार्टफोन छन् ।
जसमा ४.५ इन्च डिस्प्ले भएको पीफोर एसको मूल्य ११ हजार ४ सय ९९ सय रुपैयाँ पर्छ ।
त्यस्तै पी सिक्सको मूल्य ११ हजार ४ सय ९५ र पी फाइभ डब्लुको मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यसैगरी भी फोर एसको १३ हजार ९ सय ९५ रुपैयाँ, एफ १०३ को मूल्य १५ हजार ९९९ रुपैयाँ र एम फाइभ मिनीको १५ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यस्तै गरी एक थ्रीको १६ हजार ९ सय ९९ रुपैयाँ, एफ १०३ प्रोको १६ हजार ९ सय ९९ रुपैयाँ र एमएस लाइटको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँमा किन्न पाइन्छ ।
सीजी
सीजी स्मार्टफोनले अहिले नेपालमा ९ मोडलका सेटहरु बिक्री गरिरहेको छ । अन्य स्मार्टफोन कम्पनी भन्दा सीजीका स्मार्टफोन सस्तो मूल्यमा समेत छ । यसै कारण ग्राहक बीच लोकपि्रय समेत छ ।
नेपाली बजारमा सीजी मोडलका १० हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्ममा पाइन २ वटा मोडलका स्मार्टफोन छ ।
जसमा इओन ब्लेजको मूल्य १० हजार ९ सय ९९ रुपैयाँ पर्छ । यो फोनमा ५ इन्चको डिस्प्ले छ । फोनमा १३ मेगापिक्सलको रियर क्यामेरा र १ जीबीको साथमा १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ ।
त्यस्तै गरी इओनी एचको मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ कम्पनी मूल्य छ । यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले छ । फोनमा २२ सय एमएएच पावरको ब्याट्री छ ।
इन्टेक्स
इन्टेक्सका १० हजार रुपैयाँ देखि २० हजार रुपैयाँ भन्दा मूल्यका ६ मोडलका स्मार्टफोन उपलब्ध छ । जसमा ५ इन्च डिस्प्ले भएको आक्वा एसी डब्ल आइको मूल्य १३ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।
त्यस्तै क्लाउड क्रिस्टलको मूल्य १३ हजार ५ सय रुपैयाँमा कम्पनी मूल्य छ । यसैगरी २५ सय एमएएच पावर ब्याट्री भएको क्लाउड जेवेयलको मूल्य ११ हजार २ सय ९९ सय रुपैयाँ, आक्वा एसी मिनिको १२ हजार ९ सय ९९ रुपैयाँ र आक्वा स्टार डब्ल आइको ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
फिंगर प्रिन्ट सेन्सर भएको आक्वा भ्यूको कम्पनी मूल्य १३ हजार ५ सय रुपैयाँ पर्छ ।
एलजी
पछिल्लो समय एलजी स्मार्टफानेमा पनि नेपाली ग्राहकको आकर्षण बढ्दो छ । नेपालमा एलजीको ३ मोडल बिक्री उपलब्ध छ ।
त्यसका पनि १० हजार रुपैयाँ देखि २० हजार भन्दा कम मूल्य पर्ने एक मोडलको स्मार्टफोन बजारमा बिक्री भइरहेको छ ।
दुई सिम लाग्ने ४.५ डिस्प्ले भएको डी-३२४ स्मार्टफोनको मूल्य १५ हजार ४ सय ९९ रुपैयाँ छ । यो स्मार्टफोनमा २१ एमएएचको ब्याट्री छ भने ५ मेगापिक्सलको रियर क्यामेरा सेट छ ।
ओप्पो
स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल केही समय अगाडि मात्रै भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका प्रिमियम स्मार्टफोन नेपाली बजारमा समेत बिक्री भइरहेको छ ।
कम्पनी अहिले विश्व बजारको र्याङ्कमा समेत चोथौ स्थानमा परिसकेको छ । ओप्पोका नेपालमा ३ वटा मोबाइल सेट बिक्री भइरहेको छ । ओप्पो-एफ १ एस, ए-३७ र नियो-७ बजारमा उपलब्ध छन् ।
नेपालमा ओप्पोको लागि आधिकारिक बिक्रेता टेलिसेल हो । त्यसमा पनि ओप्पोका १० हजार रुपैयाँ २० हजार रुपैयाँ भन्दा सस्तो एउटा मात्रै मोडल छ । जसमा नेपाली बजारमा नियो-७ को मूल्य १४ हजार ९ सय ९० रुपैयाँ कायम गरिएको छ ।
कलर्स
कलर्स स्मार्टफोन पनि नेपाली बजारमा लोकपि्रय स्मार्टफोन हो । नेपाली बजारमा कलर्सका १० हजार देखि २० हजार रुपैयाँ भन्दा कम मूल्यमा ६ मोडलका स्मार्टफोन किन्न पाइन्छ ।
जसमा के-२० स्मार्ट को मूल्य १२ हजार १ सय ५ रुपैयाँ पर्छ । यसैगरी के-थ्रीको १६ हजार ८ सय ८५ रुपैयाँ, पी-८० को १० हजार २ सय २५ रुपैयाँ र इ-२० को १४ हजार ७ सय ३५ रुपैयाँ छ । साथै इ-१५ को १३ हजार १ सय ५५ रुपैयाँ र डब्लु-१० को १५ हजार ४ सय ४० रुपैयाँ पर्छ ।
प्रतिक्रिया 4