+
+

यी सात गल्ती, जुन ९९ प्रतिशत महिलाले गर्छन्

 आना इटोको,प्राक्टिसिङ मनोचिकित्सक आना इटोको,प्राक्टिसिङ मनोचिकित्सक
२०७३ असोज २८ गते ११:५७

lediesएउटा भनाइ छ, मानिसहरु पहिलो नजरमै प्रेममा पर्ने गर्छन् र उनीहरुको माया अनन्तकालसम्म रहिरहन्छ । यद्यपि यो मायाले न त घर बनाउन मिल्छ, न भविश्य नै बनाउन सकिन्छ । वा भनौं, कसैलाई रोगबाट नै फर्काउन सकिन्छ ।

मेरो विचार यी महिला हुन् जसले सम्बन्ध बनाउँछन् । तपाईहरुलाई थाहा छ, म पुरुषहरुलाई किन परामर्श दिन्न ? किनकि ती पुरुषहरुले जहिल्यै मलाई महिला गलत हुन्छन् भन्ने प्रमाणित गर्ने कोशिश गर्छन् ।

उनीहरुले एउटा मनोचिकित्सकबाट अपेक्षा गर्ने पनि त्यति नै हो । मेरो विचारमा पुरुषहरु महिलामाथि प्रतिक्रिया मात्र जनाउँछन् । उनीहरुले त्यही किसिमको प्रतिक्रिया मनोचिकित्सकसित भने देखाउँदैनन् । त्यसैले, मैले महिलाहरुसित काम गर्नुको एउटैमात्र कारण के हो भने म धैर्यतापूर्वक विश्वास गर्छु कि जब महिलाहरु परिवर्तन हुन्छन्, त्यतिबेला पुरुषसितको उनीसितको सम्बन्ध पनि परिवर्तन हुन्छ ।

यो लेखमा तपाईहरुले महिलाका सात साधारण त्रुटीहरु थाहा पाउन सक्नुहुन्छ, जुन मैले सामना गर्दै आएकी छु ।

१. तपाई भाषण धेरै दिनुहुन्छ

सम्बन्ध बनाउने क्रममा हुने मुख्य गल्ती भनेको महिलाहरुले गर्ने वादविवाद नै हो । यसको मतलव मैले नचाहिँदो गफ भन्न खोजेको हैन । बरु म किन निराश छु भन्नुको साटो त्यसलाई तन्काएर म भन्छु, यो कसरी गर्ने ? मलाई थाहा छ । तिमीलाई थाहा छैन, तिमी केवल……’ भन्न थाल्छे र त्यही कुरामा भाषण दिन सुरु हुन्छ ।

उदाहरणका लागि तपाई कतै गइरहनु भएको छ र यात्रा अवधिभर तपाईका श्रीमान् उक्त कारबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुनुहन्छ । त्यतिबेला तपाई यत्ति सानो सानो कुरामा वहस गरेर उनलाई तनाव दिइरहनुभएको हुन्छ, जुन आवश्यक नहुन पनि सक्छ । त्यसपछि तपाईहरु घर र्फकनुहुन्छ, खाना खानुहुन्छ, सुत्नुहुन्छ र भोलि विहान फेरि सोही प्रकृया क्रमशः दोहोरिन्छ ।

२. तपाई एउटाबाट अर्को चरम अवस्थामा पुर्‍याइनुहुन्छ

महिलाहरु अर्को गल्ती गर्छन् । उनीहरु ‘म सधैंका उपलब्ध छु’ भन्ने अवस्थाबाट ‘विल्कुलै उपलब्ध छैन’ भन्ने अवस्थाको बीच जहिलेपनि झुलिरहेका हुन्छन् ।

यसमा जान्नुपर्ने मुख्य दुई कुरा छन् । ती हुन्ः

· जब एउटी महिला आफ्नो पुरुषसितको घनिष्टताका लागि उपलब्ध हुन्छिन्, त्यतिबेला पुरुषले उनीसित जस्तोसुकै व्यवहार गरेको होस्, त्यसको समेत वास्ता नगरी उनले त्यसको मूल्य आफ्नै नजरमा तथा ती पुरुषको नजरमा गुमाइरहेकी हुन्छिन् ।

· जब एउटी महिलाले परिवारमा कडा स्वभाव भएकी महिला अथवा ‘आमा’को भूमिका निर्वाह गर्छिन्, त्यतिबेला उनले शारीरिक आर्कषण तथा सौन्दर्यता गुमाउन पुग्छिन् । त्यो किन हुन्छ भने एउटा पुरुषको दिमागमा ‘आमा’ र ‘सेक्स’ दुई अलग कुरा हुन् ।

एउटी केटी र आमाको संयोजनबाट नै महिलाको उत्पत्ति हुन्छ । यी दुई तत्व मिलेर नै शान्त र सदभावयुक्त महिलाको निर्माण हुन्छ, जसलाई ‘लचिलो’ कसरी हुने भनेर राम्ररी थाहा छ । यस अर्थमा ‘आमा’ लचिलो हुनै सक्दिनन् । किनकि उनी सधै नै चिन्तित मुद्रामा हुन्छिन् र उनलाई जहिलेपनि आफु सही नै हुनैपर्छ । अर्कोतर्फ एउटी केटी लचिलो हुन सक्दछिन् किनकि उनी मूर्ख हुन्छिन् ।

जब एउटी महिलाले आफ्नो भावना बुझ्न थाल्छिन्, तब उनले शान्त हुनुको आनन्द महसुस गर्छिन् र त्यो अवस्थामा कसरी पुग्ने भन्नेबारे थाहा पाउँछिन् ।

महिलाहरु सँगै हिँड्न, केही गर्न तथा विभिन्न कुरालाई सही बनाउन पुरुषकै प्रतिक्षा गर्छन् । तर, त्यसले मात्रै सबै कुरा ठीक हुँदैन । किनभने माया पाउनु आफैंमा आधारभूत आवश्यकता हो । हामीले यो कुरा स्वतन्त्ररुपमा मात्र अनुभूति गर्न सक्छौं । यदि महिलाले आˆनो आवश्यकता स्वतन्त्ररुपमा परिपूर्ति गर्न सक्तैनांै भने निराशा बढेर मात्र जान्छ ।

यो कुरा उसले गरेको काम सही छ भन्ने महसुस गर्दागर्दै र पत्रिमा भनेजस्तै पुरुषले व्यवहार देखाउँदा देखाउँदै पनि लाग्न सक्छ ।
त्यतिबेला उसले केही महसुस गर्न नसक्दा यसले सम्बन्धलाई अन्त्यमा पुर्‍याउँछ ।

३. तपाई बाघलाई चप्पलले हिर्काउनुहुन्छ

प्रायः महिलाको एउटै गुनासो हुन्छ, पुरुषलाई उनीहरुको आशामा खरो उत्रन सकेनन् । त्यसैले उनीहरु प्राय ः एउटै कुरा दोहोर्‍याउने गर्छन्, ‘पुरुषहरु अल्छी हुन्छन्, उनीहरुको अल्छीपना कहिले सकिएला ?’ ‘तिमी कहिल्यै पैसा कमाउन सक्तैनौ’ । ‘तिमी कहिले उचित निर्णय लिन्छौ ?’, इत्यादि इत्यादि । यस्ता व्यवहार देखाएर उनीसामु जाँदा उसले तपाईको श्रीमानलाई पर बनाउने काम मात्रै गर्छ, जो झुक्किएर पनि तपाईले देखाएको मार्गमा हिँड्न चाहँदैन ।

यसैसित मिल्ने एउटा भनाइ पनि छ । एउटा बाघलाई तपाई हरेक दिन चप्पलले हिर्काउएर हेर्नोस् । अनि हामी उसलाई ऊ बाघ हैन र उसले केही गर्न सक्दैन भनी हेरौं । त्यतिबेला उक्त बाघले कस्तो प्रतिकृया जनाउला ?

म महिलाहरुलाई यस्ता वाक्यांश प्रयोग गर्न सुझाव दिन्छु ‘तिमीलाई थाहा छ म कत्तिको दुःखी महसुस गर्छु ? अथवा म दुःखी छु किनभने मैले सोचेकी थिएँ, जब मैले तिमीलाई भनें कि यो कुरा मेरा लागि कति महत्वपूर्ण छ, मैले सोचें, तिमीले कुरा बुझ्नेछौ ।’

यति गर्नाले एउटी महिलाले आˆनो भावना पुरुषसित बाँडिरहेकी हुन्छिन् । यो धेरै जरुरी छ । किनकि महिलाहरुले जहिले पनि पुरुष जिम्मेवार होस् भन्ने अपेक्षा राखेका हुन्छन् ।

यद्यपि पुरुषहरु आरामपि्रय प्राणी हुन्, जो व्यक्तिगत रुपमा उत्तरायी हुन कदापि चाहँदैनन् । भविश्यमा महिलाहरुको निराशाको कारण बन्नु भन्दा अहिले नै महिलाहरुलाई सुरक्षित महसुस गराउनु उनीहरुका लागि सजिलो पनि छ ।

४. खुशीको पहिचान गर्न सक्नुहुन्न

मैले यस क्षेत्रमा काम गरेको झण्डै १५ वर्ष भयो र पनि लामो समयदेखि मैले बुझन् नसकेको कुरा भनेको उमेर, लिङ्ग, जाति, ओहदा, परिपक्वता लगायतका विभिन्न कुरामा महिलाहरु जति भिन्न भए पनि उनीहरुले एकै किसमको गल्ती गरिरहेका हुन्छन् ।

बरु मैले के बुझें भने अभिभावक बढी जिम्मेवार हुने गरेका छन् । उनीहरुले आˆना सन्तानलाई खुशीको अनुभव गर्न सिकाउनुपर्छ ता कि भविश्यमा उनीहरुले आफूलाई चिन्न सकुन् । मलाई कसरी कसरी खुशी हुने भनेर कसैले सिकाएको हैन ।

जब एउटी महिला जीवनमा अघि बढ्छिन्, त्यतिबेलासम्म उसलाई खुशी के हो भन्ने नै महसुुस हुँदैन । बरु उसलाई पुरस्कृत हुदाँ, राम्रो अंक ल्याउँदा र सबैसित राम्रो व्यवहार गर्दा थोरै थोरै रुपमा खुशी महसुस भइरहेको हुन्छ । त्यही क्रममा उसको भेट एउटा पुरुषसित हुन्छ र उसले ‘म नै खुशी छु’ भन्ना साथ ती पुरुषलाई उनी घरसम्म लग्छिन् । त्यसपछि २/३ वर्ष वित्छ र पनि उसले खुशीको अनभव गर्दिनन् ।

त्यसैले, प्रत्येक अभिभावकको पहिलो काम भनेकै आˆना सन्तानलाई खुशी के हो भनेर बुझाउनु हो । महिलाले आफूभित्र शान्त प्रकृतिको आनन्दको अनुभूति गर्न सकेमात्रै पनि उसले एउटा पत्थरले दुईवटा चराको शिकार एकैपटक गर्न सक्दछे ।

५. आफ्नो सन्तानलाई माया गर्नुहुँदैन

ledies-22
तीन वर्षकी छोरीलाई लिएर मेरो एउटा अनुभव छ । जब मेरी छोरी आफ्नो पितासमक्ष हुन्छिन्, त्यतिबेला उनले आˆनो माया देखाइरहेकी हुन्छिन् । यो गुण प्रकृतिले नै छोरीहरुलाई प्रदान गरेको छ । यदि यही व्यवहार एउटा पुरुषलाई वयश्क महिलाले देखाउने हो भने उनीहरुबीच कुनै भिन्नता रहँदैन ।

तर, यही व्यवहार हामी वृद्धावस्थामा पुगेर देखाए के होला ? यो किन हुन्छ भने एउटी महिलाले नयाँ सम्बन्धको सुरुवात गर्दा उसले उक्त व्यक्तिप्रति प्रतिक्रिया जनाउनुपूर्व धेरै समय खर्चिनुपर्छ ? त्यही महिला सानो हुँदा उसले सबै कुरा प्र्राकृतिकरुपमा गरेकी हुन्छिन् । फेरि उनले त्यही कुरा किन सिक्नुपर्‍यो ?

कारण एउटै छ, खतरा । अघिल्लो सम्बन्धको अनुभवका कारण । जब एउटी महिला तीनपटकसम्म तिरस्कृत हुन्छिन् , तब उनी सोच्न थाल्छिन्,’ शायद उसलाई यो मन नपर्न सक्छ ? शायद उसले मलाई छोडेर जान्छ ?’

जब म उसलाई बेस्सरी समाउँछु, र मीठो कुरा गर्छु तब ऊ मलाई नहेरी जानै सक्तैन । यही कुरा बालबालिकामा पनि लागु हुन्छ । यहाँ सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको उनीहरुको भावनालाई कदर गर्नु कत्तिको जरुरी छ ? यदि तपाईकी छोरी रोइरहेकी छिन् भने पनि हामीले उनलाई नचाहिँदो कुरामा रोइरहेको भनेर कहिल्यै पनि भन्नुहुँदैन । बरु त्यो ठाउँमा तपाई हुनुभएको भए तपाई पनि रुनुहुन्थ्यो भन्नु उपयुक्त हुन्छ । सहानुभूति जगाउन आवश्यक हुन्छ । यति गर्नु भनेको उनीहरुले गरेको काम गलत हैन भनेर बताउनु पनि हो ।
यतिबेला जे जस्तो परिस्थिति आएपनि तिम्रो लागि म छु भन्ने कुरा उसलाई बताउनु निकै आवश्यक हुन्छ । त्यस्तै, यतिबेला भाषण दिनबाट आफुलाई नियन्त्रित गर्न पनि सक्नुपर्छ ।

धेरै मानिसले भनिरहेका हुन्छन्, ‘जे भए पनि म तिम्रो साथमा छु, तर सुन, म जब तिमीजत्रो थिएँ……’ र फेरि सुरु हुन्छ उही कुरा……..।

६. तपाई उसलाई बोल्नै दिनुहुन्न

पुरुषहरुले बोल्न सिक्नैपर्छ । जब उनीहरु बोल्दैनन् तब महिलाले अनावश्यक महसुस गर्न थाल्छन् । यहाँ समस्या के हो भने पुरुष एक्लै योजना बनाउँछन् र त्यसबारे महिलासित छलफल गर्दैनन् ।

यदि उसले ‘म आज काम गर्न गइरहेको छु ता कि अबको तीन वर्षमा हामीले घर किन्न सक्छौं ‘ भन्यो भने महिलाले पनि उसलाई खुशी भएर साथ दिन्छिन् ।

एउटा पुरुषको नजर, यदि ऊ महिलासित बस्छ, उसले बनाएको सुप पिउँछ भने त्यसको अर्थ हो उसले ती महिलालाई माया गर्छ । तर, महिलाले यो कुरा बुझ्दैनन् । उनीहरु प्रश्न गर्छन्, एउटा पुरुषले मलाई हेर्दैन, घर ढिला आउँछ, अर्कै कोठामा गएर सुत्छ भने उसको त्यो व्यवहार देखेर मैले के बुझ्ने ?’

जब म यही प्रश्न पुरुषमाझ राख्छु, तब उनीहरु भन्ने गर्छन्, ‘म उसकै साथमा त छुुु, छैन र ?’

आ-आˆनो ठाउँमा सबैको कुरा सही छ । कुरा यत्ति हो कि तपाईले महिलासित कुरा गर्नुपर्‍यो । तपाईले भन्नुपर्‍यो,’म थकित छु । तिमी मेरा लागि यो यो खानेकुरा तयार पारिदिन सक्छौ ?’ त्यसपछि हेर्नोस् , यति कुराले मात्रै पनि उनको मुहारमा कत्ति खुशी ल्याउँछ ।

तपाई आफ्नो श्रीमान्लाई आफुसित बोल्न जरुरी छ भनेर कसरी बताउनुहुन्छ ? यहाँ कुरा के हो भने महिलाहरु जे कुरा पनि सुक्ष्म तरिकाले नियाल्न गर्छन् । त्यसैका आधारमा उनीहरुले धारणा बनाउने गर्छन् । जब कि पुरुषहरुले भने त्यस्ता सानो कुरामा ध्यान नदिई ठूलो परिवर्तनलाई मात्र याद गर्छन् ।

जब एउटी महिलाले केहीे गर्छिन् र पुरुषलाई ‘कस्तो लाग्यो ?’ भनेर सोध्छिन् । तब उसको दिमागमा बिस्फोट सुरु हुन्छ । ऊ सोच्न थाल्छ, यदि उसले सही कुरा भनेन भने त्यहाँ अर्को विवाद सुरु हुन्छ । यो समस्या हल गर्ने मसित राम्रो उपाय छ ।

जब तपाईका श्रीमानले सर्टमा आइरन लगाउन भन्नुहुन्छ वा चिया बनाउन अर्‍हाउनुहुन्छ, त्यतिबेला तपाई यतिमात्र भन्नुहोस् ,’मलाई तीन शब्दको यस्तो कुरा भन, जुन मेरा लागि खास होस्, अनि बल्ल म तिम्रो सर्ट कहाँ छ भन्छु’, अथवा ‘मलाई पहिले पाँच अक्षरको एउटा मीठो वाक्य भन, अनि म तिमीलाई संसारकै मिठो चिया पिलाउनेछु’ ।

आफ्ना श्रीमान्लाई यसरी बोल्न बाध्य बनाउन तपाईले पनि केही समय त खर्चिनै पर्छ र त्यसका लागि केही कुरा सिक्नैपर्छ । त्यसपछि हेर्नोस्, तपाईले यत्ति भनेको केही क्षण पश्चात्त नै तपाईका श्रीमान् आˆनै हिसाबले काम गर्न थाल्नुहुनेछ ।

७. तपाई आफैंमा भएको सुन्दरताको पहिचान गर्न सक्नुहुन्न

किन एउटी महिला बाहिर जानुु अगाडि घण्टौंसम्म ऐना अगाडि बस्ने गर्छिन् ? ता कि बाहिर हिँड्ने सर्वसाधारणको अगाडि उनी थोरै भए पनि सुन्दर देखिउन् । जबकि उनलाई आफ्नै घरमा श्रीमानको अगाडि सुन्दर देखिने फुर्सद हँुदैन ? यस्तो अक्सर हुन्छ । किनकि महिलाहरु अधिकांश महिला सर्वसाधारणको प्रतिक्रियालाई लिएर चिन्तित हुने गर्छन् ।

उनका श्रीमान् पहिले नै उनका साथमा छन् । तैपनि उनी आˆनो पतिबाट प्रशंसा पाउनमा भन्दा अरुले उनको श्रीमान्लाई ‘तपाईको श्रीमती’ राम्री छ’ भनेर प्रशंशा गरोस् भन्ने कुरामा अधिक समय व्यतीत गर्छन् ।

यो व्यवहार कुनै पनि हालतमा उचित छैन र यसलाई जरैदेखि हटाउनुपर्छ । मेरो विचारमा कुनै पनि महिला सुन्दर हुनु भनेको उसले दिनको अन्त्यसम्म गर्ने काम नै हो । उसको उमेर कति भयो भन्ने कुराले कतै महत्व राख्दैन । उसको कामको प्रकृति के हो भन्ने कुरा जान्न पनि आवश्यक छैन ।

यति भन्दैमा तपाईलाई यतिकै जान दिने भन्ने कुरा पनि आउँदैन र त्यस्तो बहाना गर्नु पनि उचित मानिँदैन ।

सुखी र खुशी रहने सरल उपायः

· सोच, ‘आज म आफुले आफैलाई के खुशी दिन सक्छु ?’ ।

· दैनिक झण्डै चार किलोमिटर पैदल हिँड्ने गर्नोस् । त्यतिबेला तपाई यो नसोच्नुस् कि म अहिले यति हिँड्छु र पछि त्यति हिँड्छु । तपाईले यो यात्रा एकैपटकमा पूरा गर्नुपर्छ ।

· प्रशस्त मात्रामा पानी पिउनुस् । आफुभित्र रहेको सम्पूर्ण निराशालाई पखाल्नुहोस् ।

· सोच्नुस्, म जतिसक्दो धेरै आफुले आफैंलाई अनुमोदन गर्छु ।

· विहानीमा तपाईलाई मन लागेको कुरा मात्र गर्नुस् । त्यसले दिनको सुरुवात राम्रो हुन्छ ।

· यहाँ तपाईकाहरुका लागि अर्को एउटा राम्रो सुझाव छ, हप्तामा एक दिन केही नगर्नुस् । यसको मतलब केही पनि हैन, ओछ्यान मिलाउने पनि हैन । बरु दहीको सेवन गर्ने र जीम जाने । जीवनमा खुशी रहन पनि यस्ता कुराले धेरै महत्व राख्दछ ।

अरु मानिसजस्तै, म पनि खुशीबारे बुझ्न तिब्बत पुगेकी थिएँ । त्यहाँ मैले खुशी त पाइँन । बरु त्यहाँ चिसो धेरै थियो, र म भोकै भएर डराएकी पनि थिएँ ।

म त्यहाँ तीन साताका लागि गएकी थिएँ । एक साता मैले त्यहाँका भिक्षुलाई एउटा प्रश्न सोध्न सफल पनि भएँ । मैले पाएको जानकारी अनुसार मेरो खुशीको राज भनेकै यसको कुनै ग्यारेन्टी हुँदैन भन्ने थियो ।

सम्पूर्ण विश्व अस्थिर छ । यहाँ भएका सम्पूर्ण कुरा कुनै पनि क्षणमा बदलिन सक्छन् । यदि मैले आˆनो जीवनबाट आजै लाभ लिन सकिनँ भने भोलि त्यसलाई लिएर पछुताउनुको विकल्प मसित नहुन पनि सक्छ ।

(ब्राइट साइडबाट भावानुदित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?