+
+

महाअभियोगबारे कांग्रेस जनअपेक्षा विपरित जाँदैनः नविन्द्रराज जोशी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १३:५३

nabindra-raj-joshi

९ कात्तिक, विराटनगर । उद्योग मन्त्री नविन्द्रराज जोशीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे नेपाली कांग्रेस जनअपेक्षा विपरित जान नसक्ने वताएका छन् ।

नेपाल प्रेस युनियन विराटनगरले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री जोशीले उनले भने, ‘समय छ उचित समयमा उचित निर्णय पार्टीले लिने छ ।’

उनले अख्तियार प्रमुख कार्कीको महाअभियोग प्रस्ताव पारित गराउने पक्षमा पार्टीको निर्णय आउने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘महाअभियोगका विषयमा छलफल जारी छ र कांग्रेस विधान र जनअपेक्षा विपरित जान सक्दैन ।’

उनले महाअभियोग लगाउने विषयमा कांग्रेसले जे निर्णय गरेपनि गठवन्धन सरकारमा कुनै असर नपर्ने प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?