+
+

सरकारले चिनियाँ प्रतिनिधिलाई सोध्यो- नेपालप्रति असन्तुष्ट हो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १७:२७

२३ कात्तिक, काठमाडौं । सरकारले नेपालस्थित चिनियाँ दूताबासका प्रतिनिधिलार्इ बोलाएर नेपालप्रति असन्तुष्ट भए नभएकोबारे सोधेको छ ।

Prakash-saran-mahatनेपालप्रति चीन असन्तुष्ट रहेको खबर सार्बजनिक भएपछि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपालस्थित चिनियाँ दूताबासका प्रतिनिधिलाई बोलाएर त्यसबारे सोधेका हुन् ।

जवाफमा चिनियाँ प्रतिनिधिले नेपालसँग असन्तुष्ट भएको भन्ने समाचारमा सत्यता नभएको भन्दै आफूहरु कुनै द्विविधामा नरहेको बताएको परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए ।

मंगलबार मन्त्री डा. महतले भने, ‘हामीले चिनियाँ प्रतिनिधिलाई सोध्यौं । उहाँले नेपाल सरकार र नेताहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र कुनै द्विविधा नभएको बताउनु भएको छ । चीनले समाचारमा सत्यता छैन पनि भन्यो ।’

आर्ट काउन्सीलमा ताइवानको झण्डा राखेर कार्यक्रम भएकोबारे भने चीनले चासो राखेको थियो । त्यसलगत्तै गृहमन्त्रालयमार्फत् त्यसलाई हटाइएको र त्यसबाहेक नेपालप्रति चीनको कुनै गुनासो नरहेको मन्त्री डा. महतले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

परराष्ट्रमन्त्री डा. महतले पत्रकार सम्मेलनमा पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?