+
+

डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री प्रचण्डको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २४ गते १६:५०

donald-trump-us-president

२४ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा बिजय हासिल गर्ने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ट्वीटरमार्फत ट्रम्पलाई जितको बधाई दिएका हुन् । उनले ट्वीटरमा उल्लेख गरेका छन् ‘अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा चुनिएका डोनाल्ड ट्रम्पलाई हृदयदेखि बधाई । सफल कार्यकालका लागि पनि शुभकामना ।’

यसैगरी परराष्ट्र मन्त्रालयले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको छ ।

मंगलबार भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यद्यपी निर्वाचनको अन्तिम नतिजा आउन भने बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?