२ मंसिर, काठमाडौं । प्रभु मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउनेले बाइक र स्कुटर पाएका छन् । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गरेरयो योजना सञ्चालनमा ल्याएको थियो ।
प्रभु मनि ट्रान्सफर प्रालिले दशै, तिहार र छठपर्वलाई लक्षित गरी प्रभुले बिहीबार पत्रकार सम्मेलन गरी रेमिट्यान्स पठाउनेका नेपालमा भएका आफन्तलाई बाइक र स्कुटरको चाबी हस्तान्तरण गरेको छ ।
पहिलो बिजेताको रुपमा धनुषाका छेदी मण्डलले यामाहाको स्यालुटो बाइक प्राप्त गरेका छन् भने दाङकी दिपा सेनले दोस्रो बिजेताको रुपमा यामाहाकै रेजी स्कुटर प्राप्त गरेकी छन् ।
गत कात्तिक १ गतेेदेखि २० गतेसम्म प्रभुमार्फत रेमिट्यान्स पठाउनेलाई प्रभु लक्की सेभेन नामक योजना ल्याएको थियो । योजनामा सहभागी मध्येबाट लक्की ड्रमार्फत विजेताहरुको छनोट गरिएको प्रभु समुहकी उपाध्यक्ष कुशुम लामाले बताइन् ।
दबरकोट हथलेटवा-३ धनुषा घर भएका अशोक कुमार मण्डलले कतारबाट नेपालमा आफ्ना बुबा छेदी मण्डलाई पठाएको रकम ११०००० रुपैयाँ मात्रै हो । तर, मण्डलले मण्डलले १ लाख ८४ हजार ९ सय रुपैयाँ बजार मूल्य भएको स्यालुटो मोटरबाईक प्राप्त गरे ।
त्यसैगरी दोश्रो भग्यशाली कोड नम्बर २१४६४१५७१ मार्फत दाङ हापुर-६ र भएका दुर्गाबहादुर ओली क्षेत्रीले उनको साथी दयाराम शाहको नामले साउदी अरेबियाबाट नेपालमा आफ्नी श्रीमती दिपा सेनलाई पठाएको रकम ८७,४५१ रुपैयाँमा परेको हो । उनले पनि १ लाख ७४ हजार ९ सय रुपैयाँ बजार मूल्य भएको रेजि स्कुटर प्राप्त गरिन् ।
आफूले उपहारस्वरुप प्राप्त गरेको स्कुटर बिक्री गरी त्यो रकमलाई कुनै उत्पादनमूलक काममा प्रयोग गर्ने उनले बताइन् । सात हप्ताको कार्यक्रम अवधिभरमा ग्राहकलाई रिचार्ज कार्डदेखि मोटरसाइकलसम्मको उपहार राखिएको थियो ।
प्रत्येक हप्ता एलइडि टिभि १ थान, स्मार्ट मोवाईल १ थान, डिस होम सेट १ थान र दैनिक ७ जनालाई रिचार्ज कार्ड गरी जम्मा ३६४ जनताले विभिन्न उपहार प्राप्त गरेका कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4