+
+

रेखादेखि भूवनसम्म, जो राजनीतिमा लागेर समाजसेवा चाहन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३० गते १४:०७

rekha-raprapa-prabesh-1
कुनै बेला राजनीतिक दल र नेताहरुको चर्को आलोचना गर्ने नेपाली कलाकारहरु पछिल्लो समय यसमा खुलेरै लाग्न थालेका छन् । समाजसेवा गर्ने भन्दै केहि कलाकार राजनीतिक दलको सदस्य बनिसकेका छन् त केहि बन्ने तयारीमा छन् ।

समाजसेवाको उद्देश्य राख्दै पार्टी प्रवेश गरेका कलाकारहरुले भविष्यमा समाजसेवा गर्छन् गर्दैनन्, त्यो भविष्यले नै देखाउनेछ । सक्रिय राजनीति गर्ने सोचमा रहेका कलाकार यस्ता छन्ः
Karishma Manandhar
करिश्मा मानन्धरः कुनै समय नेपालको नम्बर वान नायिकाको उपाधि पाएकी करिश्मा मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध छिन् ।
नेता भट्टराईले नयाँ शक्तिमा आउन प्रस्ताव राखेपछि उनले औपचारिक कार्यक्रममै सहभागी भएर पार्टी प्रवेश गरेकी थिइन् । करिश्माका अनुसार उनी भट्टराईको शैलीबाट प्रभावित थिइन् ।

उनी समाजसेवाकै लागि राजनीतिमा लागेको दाबी गर्छिन् । पार्टी राजनीतिमा लागे पनि चलचित्र क्षेत्रबाट नटाढिने उनको भनाइ छ । ‘राजनीतिमा लागे पनि मेरो मूल पेशा अभिनय नै हो,’ उनले भनेकी छिन् ।
Komal Oli (2)
कोमल वली:
लोक गायिकाको रुपमा स्थापित कोमल वलीको राप्रपाका अध्यक्ष कमल थापासँग पुरानै सम्बन्ध थियो । उनी आफूलाई हिन्दू नारी भन्छिन् । थापाको राष्ट्रवादी शैलीबाट प्रभावित भएको बताउने वली आगामी दिनमा राजनीतिमा सक्रिय रुपमै अघि बढ्ने योजनामा छिन् ।

उनी दुई राप्रपाको एकीकरणको बेला मंसिरको पहिलो साता औपचारिक रुपमै पार्टी प्रवेश गरिन् । ‘राजनीतिज्ञको तुलनामा गायिकाको आवाज मधुरो हुँदोरहेछ, त्यही कारण राजनीतिमा लागेकी हुँ,’ कोमल भन्छिन् ।bhuwan

भुवन केसी:
राजनीतिक गतिविधिमा खासै सरोकार नराख्ने नायक भुवन केसी एक्कासी एमाले प्रवेश गरेको सुन्दा उनका शुभेच्छुक समेत आश्चर्यमा परे । जनताको बहुदलीय जनवादवाट आफू प्रभावित भएको बताउँदै उनी टीका लगाएर एमालेमा प्रवेश गरेका थिए । एमालेका पूर्व अध्यक्ष झलनाथ खनालसँग केसीको राम्रो सम्बन्ध भएकोले उनकै अध्यक्ष कालमा पार्टीमा छिरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट समेत पाएका केसी एक दिन मात्रै उम्मेदवार बन्न पाए । केसीलाई टिकट दिएको विरुद्धमा काठमाडौं क्षेत्र नम्बर एकका एमाले कार्यकर्ताले व्यापक विरोध गरेपछि उनको टिकट खोसिएको थियो ।
rekha-raprapa-prabesh-4
रेखा थापा:
चार वर्षअघि तत्कालीन एकीकृत माओवादी पार्टी प्रवेश गरेकी रेखा थापा एक साताअघि मात्रै राप्रपा प्रवेश गरेकी छिन् । आफू हिन्दू नारी भएकाले राप्रपा मन परेको धारणा राख्ने रेखाले कमल थापाको विचारबाट प्रभावित भएको बताइन् ।

चार वर्षअघि माओवादी प्रवेश गर्दा पनि उनले प्रचण्ड जस्तो राष्ट्रवादी व्यक्ति अरु नभेटेको भन्दै प्रचण्डबाट प्रभावित भएको बताएकी थिइन् । पार्टी प्रवेशको क्रममा उनले राप्रपा आफ्नो पहिलो तथा अन्तिम पार्टी हुने बताइन् । तर, उनको विगतको प्रवृत्ति हेरेर धेरैले त्यसमा आशंका गरेका छन् ।

सरोज खनाल:
लामो समय अमेरिका बसेर नेपाल फर्किएका सरोज खनाल अहिले नयाँ शक्ति पार्टीमा आबद्ध छन् । बाँकी जीवन नेपालमै बिताउने योजनामा रहेका खनालको केही मौलिक चलचित्र निर्माणको योजना पनि छ ।

राजनीति मार्फत समाजसेवा गर्न सहज हुन्छ भन्ने उनको धारणा छ । अभिनेता खनाल चलचित्र निर्माणका साथै राजनीतिमा पनि सक्रिय हुने योजनामा छन् ।

युवराज लामा:
माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीमा प्रवेश गरेका पुराना निर्देशक युवराज लामा पछिल्लो समय चलचित्र क्षेत्रमा निस्त्रिmय छन् । लामा माओवादी कोटामै खेलकुद परिषद्को सदस्य-सचिव समेत भएका थिए । पछिल्लो समय भने उनी थाङ्काको आफ्नै व्यापार सम्हाल्दै छन् ।

अशोक शर्मा:
लामो समय चलचित्र निर्माणमा संलग्न अशोक शर्मा पनि नयाँ शक्तिमा आबद्ध छन् । डिजिटल सिनेमा नेपालका अध्यक्ष समेत रहेका शर्मा पनि समाजसेवाकै लागि राजनीतिमा जोडिएको दाबी गर्छन् ।

यी बाहेक अन्य थुप्रै कलाकार चुनावको समयमा विभिन्न पार्टीमा लागेका छन् । तर, उनीहरु कुनै पार्टीमा लागेपनि सक्रिय राजनीति गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?