+
+

लक्ष्मी ग्रुपको वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १०:५१

lauxmi-group
५ पुस, काठमाडौं । लक्ष्मी ग्रुपले कर्पोरेट डे विभिन्न कार्यक्रम गरी मनाएको छ । आफ्नो प्रधान कार्यालय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

पोखरास्थित कार्यलयमा ५० तथा काठमाडौंमास्थित कार्यलयमा १०० गरि कुल १५० जनाले रत्तदान गरेका थिए । लक्ष्मी गु्रपको भातृ संस्था लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले पोखरा जिल्ला प्रहरीलाई २५ थान ड्यास क्याम प्रदान गरेको थियो ।

ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार रहिआएकोे कम्पनीले जनाएको छ । चोभारस्थित जलविनायक मन्दिर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गरिएका थिए ।

यस्तै विभिन्न खेलहरुको आयोजना गरेको थियो । यो संस्था पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनका लागि योगदान कार्यमा संलग्न संस्था हो ।

यसका साथै लक्ष्मी ग्रुपका अन्य भातृ संस्थाहरु सुजल फुड्स प्रालि, सुजल डेरी प्रालि, जया प्याकेजिङ प्रालि, सुजल प्लाष्टिक प्रालि, लक्ष्मी इन्टरकिन्टनेन्टल प्रालि, र जयमाँ इन्टरकिन्टनेन्टल प्रालि, लगायत कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

नक्सालस्थित बाल मन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । फालिका, कपनस्थित चाइल्ड डेभलोपमेन्टका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?