+
+

राप्रपाको बैठकमा रेखा थापा अनुपस्थित, नेपालगञ्जमा बालबालिकासँग मस्त

कोमल वलीलाई हलोभन्दा गाई प्यारो !

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १४:५१

१९ फागुन, काठमाडौं । चलचित्र क्षेत्रबाट नाम कमाएर राजनीतिमा हामफालेकी नायिका रेखा थापा राप्रपा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमै सहभागी हुन भ्याइनन् । फिल्म लाइनकै काम परेकाले रेखालाई बैठकमा सहभागिता जनाउने फुर्सद नभएको हो ।

हालै सम्पन्न राप्रपाको महाधिवेशनमा रेखा थापा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । महाधिवेशनपछिको पहिलो बैठक बिहीबारदेखि पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । यो बैठक शुक्रबार पनि जारी रहनेछ ।

केन्द्रीय सदस्य रेखा नेपालगञ्जमा रहेकाले बैठकमा सहभागी हुन नसकेकी हुन् । त्यहाँ उनी दलित र महिलाहरुको पक्षमा बन्न सामाजिक सन्देशमूलक चलचित्र ‘राजारानी’ को कामका लागि पुगेकी हुन् ।

‘चलचित्रको कामले मात्रै होइन, अरु पनि कामहरु छन्,’ रेखाले अनलाइनखबरसँग भनिन्- ‘केही सोसियल काम गर्नुपरेकाले नेपालगञ्ज आउनुपर्‍यो, त्यसैले यस पटकको बैठकमा सहभागी हुन पाइनँ ।’

कोमललाई हलोभन्दा गाई प्यारो

बिहीबार सुरु भएको राप्रपाको बैठकमा हलो र गाईमध्ये के चुनाव चिह्न रोज्ने भन्ने बहस भएको छ । यो बहसमा सहभागी हुँदै कोमल वलीले पनि बैठकमा बोलिन् । उनले हलोलाई भन्दा गाई लाई नै रोजेकी छिन् ।

उता बैठकमा सहभागी हुन नपाएकी रेखा थापाले पनि गाई नै रोजेकी छिन् । अनलाइनखबरलाई प्रतिक्रिया दिँदै रेखाले भनिन्- ‘म पनि गाईकै पक्षमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?