बार्सिलोना । निश्चल बस्नेतद्वारा निर्देशित चर्चित नेपाली चलचित्र ‘लुट २’ ले बार्सिलोनाका दर्शकको मन पनि ‘लुट्न’ आउने भएको छ ।
माउन्ट एभरेष्ट गुप्र र सुजुरन ब्वाईजको सक्रियतामा आगामी मार्च २६ तारिख चलचित्र प्रदर्शन गर्ने भएको हो । बार्सिलोनाको सिनेमा जिरोनामा आइतबार साँझ ५ बजे ‘लुट २’ देखाइनेछ ।
चलचित्रले देश तथा विदेशमा आक्रामक ब्यापार गरी सफलता हासिल गरिरहेको बेला बार्सिलोनामा रहेका चलचित्र प्रेमी नेपाली दर्शकहरुले पनि हेर्ने अबसर प्राप्त गरेका छन् । माउन्ट एभरेष्ट गुप्रका सुरेश शर्माले नेपाली चलचित्रलाई सबैले माया गर्न सक्यौं भने मात्र यसको स्तर बढ्ने हुँदा प्रदशनको ब्यबस्था मिलाएको बताए ।
यसै सुजुरन ब्वाईजका साङ्गे शेर्पाले चलचित्र हेर्न आउँन नेपाली समुदायलाई अनुरोध गर्दै भने, एक त नेपाली चलचित्रलाई माया गर्न पनि हामीले हेर्नुपर्छ । अर्को तर्फ प्रदर्शनीबाट रकम बचत भएमा कुनै एउटा खेल प्रतियोगिताको आयोजना गर्ने छौं ।”
पछिल्लो क्रममा नेपाली युवाहरुको जमात बार्सिलोनामा बढ्दै जाँदा, खेलकुद ,मनोरन्जन तथा सामाजिक काममा समेत उनीहरुको सक्रियता बढ्दै गएको छ ।
हाकु काले र चार युवाको लडाइँलाई नै मुख्य केन्द्रमा राखिएको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4