काठमाडौं । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरूपनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ।
नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन् । यसैक्रममा सूचना प्रविधीको क्षेत्रमा लामोसमयदेखि काम गर्दै आएको कम्पिनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन “Nepal Caller : नेपाल कलर” गुगल प्लेस्टोरमा उपलब्ध गराएको छ ।
यस एपको भिन्न बिशेषता भनेको आफ्नो मोबाईलमा शेभ नभएका नम्बरहरु बाट फोन आए पनि कसले फोन गरेको हो भन्ने रिङ्गटोन आएसँगै स्क्रिनमा देखाउने गर्दछ । हाल लाई यो एप्लिकेसन एन्ड्रोइड भर्सन मा मात्र उपलब्ध रहेको र यस एपलाई छोटो समयमा धेरै प्रयोगकर्ताले रुचाउने कम्पनीले बिस्वास गरेको छ ।
“नेपाल कलर” एपलाई गुगल प्लेस्टोरमा Nepal Caller टाइप गरेर सर्च गरी वा यो लिङ्कमा https://goo.gl/ZPQjwv क्लिक गरेर पनि डाउनलोडगर्न सकिन्छ ।
प्रतिक्रिया 4