+
+

२५ करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २८ गते ११:०६


२८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । चैत २ देखि २४ गतेसम्म राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री गर्दैछ ।

वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यका नाममा  बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

कम्तीमा ५ हजार र बढीमा ५ हजारले निःशेष भाग जाने गरी बचतपत्रका लागि आवेदन गर्न सकिनेछ । बचतपत्र खरिदकर्ताले ५ वर्षका लागि प्रत्येक ६ महिनामा १० प्रतिशतका दरले व्याज भुक्तानी पाउनेछन् ।

बचतपत्र धितो समेत राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने भएकाले यो उपयोगी मानिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?