+
+

मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बुवा गम्भीर घाइते

 नवराज पथिक नवराज पथिक
२०७३ चैत ४ गते १४:४७

४ चैत, रामेछाप । रामेछाप सदरमुकाम मन्थली नगरपालिका-२ करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मन्थलीको करमबोटमा दिउँसो १ बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका-६ फर्पूका बा २ प ८१९४ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय भरत खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा उनका बुवा ६५ वर्षीय गजेन्द्र खड्का गम्भिर घाइते भएका छन् । घाइते खड्का साविकको फर्पू गाविसका पूर्व अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?