७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन गरेको छ ।
नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सुमनकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।
समितिलाई एयरबसबाट तेल चुहिएकोबारे छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । साथै कसलाई के कारबारही गर्ने तथा यस्ता घटना आगामी दिन हुन नदिने के गर्नुपर्छ भन्ने सिफारिस गर्न पनि भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4