+
+

बाबुराम भट्टराई मधेस पसे, लहानबाट शुरु भयो नयाँ शक्तिको अभियान

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ९ गते १२:२५

९ चैत, काठमाडौं । एमालेले मेची महाकाली अभियानका नाममा मधेसमा पसेर द्वन्द्व निम्त्याएको टिप्पणी गरेका डा.बाबुराम भट्टराईले बुधवारदेखि एमालेकै जस्तो अभियान थालेका छन् । नयाँ शक्ति पार्टी नेपालले ‘हिमाल-पहाड-तराई/मधेस राष्ट्रिय अभियान’ २ नम्बर प्रदेशको लाहानबाट शुरु गरेको हो ।

हिमाल, पहाड र तराई/मधेसलाई भावनात्मक रुपमा जोड्न अभियान थालिएको नयाँ शक्ति पार्टीले जनाएको छ । असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको दावी गरिएको छ ।

चैत १३ गतेसम्म देशव्यापी रुपमा सन्चालन हुने अभियानका क्रममा सभाहरुमात्र हुनेछन् । एमालेको जस्तो राजमार्गमा र्‍याली भने हुने छैनन् ।

एमालेको अभियान बिथोल्न बन्द र अवरोध सिर्जना गरेको मधेसी मोर्चाले नयाँ शक्तिको अभियानलाई रोकतोक गरेको छैन । एमालेले २ नम्बर प्रदेशमा रोकिएको अभियान पुनः शुरु गर्ने तयारी गरेकै बेला बाबुराम भट्टराई अभियान लिएर मधेस झरेका हुन् ।

अभियानका क्रममा लाहान, बर्दिबास, चन्द्रनिगाहपुर, भैरहवा, कोहलपुर र धनगढीमा सभा आयोजना गरिने नयाँ शक्ति पार्टीका नेता विश्वदीप पाण्डेले बताए । यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?