+
+

फेसबुक म्यासेन्जरका प्रयोगकर्ता १ अर्ब २० करोड नाघे

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते ११:४९

फेसबुकको म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको छ । पछिल्लो ८ महिनामा मेसेन्जरका प्रयोगकर्ताको संख्या २० करोडले बढेर मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको फेसबुकले जनाएको छ ।

फेसबुकको मेसेन्जर सेवाका प्रमुख डेभिड मार्कसले आफ्नो एक फेसबुक पोष्टमा भनेका छन्ः अहिले हामीसँग हरेक महिना सक्रिय रुपमा म्यासेन्जर  प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको छ ।

गतवर्षको जुलाई फेसबुक म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब पुगेको थियो । फेसबुकको मुख्य एप प्रयोगकर्ताको संख्या भने विश्वव्यापी रुपमा १ अर्ब ७४ करोड पुगेको छ ।

फेसबुककै अर्को मेसेजिंग एप ह्वाट्सएपका प्रयोगकर्ताको संख्या पनि एक अर्वभन्दा धेरै छ । त्यस्तै फोटो शेयरिंग एप इन्स्टाग्रामका प्रयोगकर्ता ६० करोड भन्दा धेरै छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?