Comments Add Comment

केकी र कर्माले ‘महानगर’मा संघर्ष गर्ने


तपाइले चलचित्र ‘लभ सासा’ हेर्नुभयो । हेर्नुभएको थियो भने, नायिका केकी अधिकारी र नायक कर्माको जोडी कस्तो लाग्यो ? यो चलचित्रमा प्रेमको यात्रामा रमाएका केकी कर्मा अब भने काठमाण्डौ महानगरपालिकामा संघर्ष गर्न तयार भएका छन् ।

मोहन राइको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘महानगर’बाट केकी र कर्माको जोडी फेरि पर्दामा आउन लागेको हो । चलचित्र बन्न लागेको पुष्टी गर्दै नायिका केकी अधिकारीले अनलाइनखबरसँग भनिन्-‘महानगरमा आइसकेपछि यूवा र यूवतीले गर्ने संघर्षको कथामा यो चलचित्र बन्नेछ ।’ चलचित्रमा आफ्नो र कर्माको लभ स्टोरी समावेश नहुने केकीले बताइन् । कस्तो हो त कथा, केकीले भनिन्-‘प्रेम फुल्न नपाउँदै चलचित्र सकिन्छ । यसैले यसलाई लभस्टोरी चलचित्र भनिहाल्न नमिल्ला ।’

‘घामपानी’बाट सकारात्मक प्रतिक्रिया पाएपछि हौसिएकी केकीले ‘महानगर’को कथा पनि दर्शकलाई मनपर्ने बताइन् । निर्देशक राइले यस अगाडि अन्जली लामाको बिषयमा वृत्तचित्र बनाएका थिए । ‘लभ सासा’बाट केकी र कर्माको जोडी सफल हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment