
११ बैशाख, काठमाडौं । भारतको छत्तीसगढमा माओवादी विद्रोहीहरुको आक्रमणबाट १२ सैनिकको मृत्यु भएको छ ।
माओवादीहरुले सोमबार छत्तीसगढको सुकमा भन्ने स्थानमा धराप थापेर सीआरपीएफका जवानहरुमाथि आक्रमण गरेका थिए ।
सीआरपीएफ ७४ बटालियनका १२ जनाको मृत्यु भएको र ६ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आक्रमणको खबरलगत्तै मुख्यमन्त्री डाक्टर रमन सिंहले आपतकालीन बैठक बोलाएका छन् ।
समाचारमा जनाइएअनुसार चिन्तागुफा नजिक बुर्कापाल भन्ने स्थानमा सडक उदघाट कार्यक्रम थियो । सोही मौकामा माओवादी विद्रोहीहरुले सोमबार दिउँसो करिब एक बजेतिर धरापमा पारेर आक्रमण गरेका थिए । धराप विष्फोटलगत्तै गोली चलाएर आक्रमण गरिएको थियो । जवाफमा सैनिकहरुले पनि गोली चलाएका थिए । केहीबेर दुबैतर्फ दोहोरो फायरिङ भएको थियो ।
छत्तीसगढको सुकमा भन्ने स्थान माओवादी विद्रोहीहरुको गढ मानिन्छ । सोही स्थानमा यसै वर्ष गत मार्च महिनामा माओवादी विद्रोहीहरुले आक्रमण गर्दा सेनाका १२ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा पनि माओवादी विद्रोहीको आक्रमणमा परी सीआरपीएफका १४ जना मारिएका थिए । छत्तीसगढको सुकमा भन्ने स्थानमा सीआरपीएफले माओवादीविरुद्ध कारबाही अभियान चलाउँदै आएको छ ।
प्रतिक्रिया 4